Comments Add Comment

धराप परेको घरमा जोखिम मोल्दै छन् माओवादी

१२ जेठ, काठमाडौ । भूकम्पका कारण धरापमा परेका घरहरुमा जोखिम मोलेर माओवादीहरु उद्धार कार्यमा खटिएका छन् । काठमाडौ उपत्यकामा भूकम्मले आधा घर भत्किएर झुण्डिएको तथा टेको लगाएर राखिएका जोखिमपूर्ण घरहरुबाट सामानहरु निकाल्ने काममा लागिरहेका छन् ।
Maobadi
भूकम्पपछि छुट्टाछुट्टै रुपमा जनसेवामा जुटेका माओवादीहरु आइतबारदेखि संयुक्त रुपमा १५ दिने उद्धार तथा जनसेवा अभियानमा जुटेका हुन् ।

काठमाडौको पर्यटकीय स्थल बसन्तपुर क्षेत्रमा भूकम्पले भत्किएर यस्ता धेरै घरहरु धरापमा परेका छन् । भूकम्प आएपछि भत्किएका भग्नावशेषमा पुरिएका नागरिकका उद्धारमा सेना, प्रहरी तथा विदेशी उद्धार टोलीहरु लागेपछि  घरका सामानहरु निकाल्न सकिएका छैनन् ।

goods rescue 1काठमाडौ उपत्यकाको बसन्तपुर, झोंछे, मरुटोल, ललितपुर, भक्तपुरका सैंयौ घरहरु धरापमा छन् । एकीकृत माओवादीसहितका पाँच माओवादीले संयुक्त अभियान सञ्चालन गरी भग्नावशेषमा परिणत भएका जोखिमपूर्ण घरबाट सामानहरु निकाल्ने काम थालेका छन् ।

‘जोखिमपूर्ण घरमा बस्ने अवस्था नभएपछि पाल टाँगेर चौरमा बस्नुपर्ने अवस्था छ,’ नेकपा-माओवादीका पोलिटब्युरो सदस्य दिनेश शर्माले भने, ‘घरमा रहेका सामानहरु निकाल्न सकियो भने पनि उनीहरुलाई राहत हुन्छ ।’ वर्षा लागेपछि त्यस्ता घरहरु भत्किन सक्ने भएकाले अहिलेसम्म जोगिएका सामानहरुसमेत पुरिने सम्भावना रहने भएकाले सामानहरु निकालेर धराप परेका घरहरु भत्काउने काममा आफूहरु लागि परेको पउनले शर्माले बताए ।

काठमाडौको मरुहिटीबाट संयुक्त अभियान थालेका उनीहरुले झोंछे, कीर्तिपुरको इटागोल, आरुबारी, बलम्बु, ललिपुरको कुपण्डोल, भक्तपुरको मध्यपुरठिमीस्थित निकोसेरा, पिखेल लगायतका क्षेत्रका घरहरुबाट सामान निकाल्ने काम गरिरहेका छन् । धरापमा परेका घरहरुबाट सामान निकालेपछि ती घरहरु भत्काउने काममा पनि उनीहरु लागिरहेका छन् ।

सरकारी तथ्यांक अनुसार सरकारीबाहेक काठमाडौ जिल्लामा मात्रै ६३ हजार ८ सय ८५ घर पूर्णरुपमा भत्किएका छन् भने भक्तपुरमा १८ हजार ९ सय तथा ललितपुरमा १६ हजार ५ सय २६ वटा घर पूर्ण रुपमा भत्किएका छन् ।

अन्य विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरु भने काठमाडौ उपत्यका बाहिरका प्रभावित क्षेत्रहरुमा राहत तथा पुनर्स्थापना अभियानमा जुटिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment