Comments Add Comment

बसन्तपुरमा ईंटा पन्छाउँदै प्रधानमन्त्री (फोटो फिचर)

Sushil Koirala at Basantapur  (1)

१५ जेठ, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले यस वर्षको गणतन्त्र दिवसमा टुँडिखेल पुगेर आतिथ्य ग्रहण गर्न पाएनन् । बरु उनी शुक्रबार बिहानै बसन्तपुर दरबार परिसरमा भग्नावशेषका ईंटा पन्छाइरहेको अवस्थामा भेटिए ।

Sushil Koirala at Basantapur  (13)

प्रधानमन्त्री कोइरालाले भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाको भग्नावशेष हटाउँदै गणतन्त्र दिवस मनाएका छन् । वयोवृद्ध प्रधानमन्त्री कोइराला बसन्तपुर क्षेत्रमा खटिएका थिए  भने अन्य मन्त्रीहरु राजधानीका विभिन्न स्थलमा भग्नावशेष पन्छाउन खटिए ।

Sushil Koirala at Basantapur  (17)

पहेँलो हेलमेट र पञ्जा लगाएर प्रधानमन्त्रीले लाइनमा उभिएर ईंटा एक ठाउँबाट अर्को ठाउँसम्म सार्न सहयोग गरे । उनीसँगै उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंह र सरकारका मुख्य सचिव लीलामणि पौडेल पनि थिए ।

मुख्यसचिव पौडेलले प्रधानमन्त्रीलाई हेलमेट लगाइदिएका थिए ।

Sushil Koirala at Basantapur  (15)

उपप्रधानमन्त्री सिंह पनि बेल्चासहित बसन्तपुर दरबार क्षेत्रमा खटिएर सरसफाइमा सहभागी भए । सुटबुटमा चिटिक्क ठाँटिएका सिंहले बेल्चाबाट धुलोमाटो उठाएर एकपाङ्ग्रे ठेलामा राखेका थिए ।

त्यस्तै ललितपुरको पाटनमा सञ्चारमन्त्री मिनेन्द्र रिजाल र उर्जामन्त्री राधा ज्ञवाली पनि सरसफाइमा खटिएका थिए । भूकम्पको विपत्ति परेकाले सरकारले यसपटक गणतन्त्र दिवसमा कुनै औपचारिक कार्यक्रम गरेन । शुक्रबार मन्त्रिपरिषदका सबै सदस्यहरु काठमाडौं उपत्यकाका भूकम्प प्रभावित क्षेत्रमा भग्नावशेष हटाउन खटिए ।

उनीहरुलाई स्थानीयबासी, सुरक्षाकर्मी, राजनीतिक दलका कार्यकर्ताहरु, विदेशी पर्यटकले पनि साथ दिएका थिए ।

तस्वीरमा हेर्नुहोस् र कसले के गरे ?

sarsafai aat world heritage area (15)sarsafai aat world heritage area (7)sarsafai aat world heritage area (17)

sarsafai aat world heritage area (18)Sushil Koirala at Basantapur  (6)sarsafai aat world heritage area (13)sarsafai aat world heritage area (6) sarsafai aat world heritage area (2)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment