Comments Add Comment

बार्सिलोनाले जित्यो २७ औं पटक कोपा डेल रेको उपाधि

Messi

१७ जेठ, काठमाडौं । लिओनल मेस्सीको दुई गोलको मदतमा एथ्लेटिको बिल्बाओलाई पराजित गर्दै बार्सिलोनाले कोपा डेल रे कपको उपाधि जितेको छ ।

शनिबार राति भएको उपाधि भिडन्तमा बार्सिलोनाले बिल्बाओलाई ३–१ ले पराजित गरेको हो । यो बार्सिलोनाको २७ औं कोपा डेल रे उपाधि हो । यससँगै बार्सिलोनाले यो सिजन प्रमुख तीन उपाधि जित्ने सम्भावना कायमै राखेको छ ।

ला लिगा च्याम्पियन बनेको बार्सिलोना च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । उसले जुन ६ मा युभेन्टसको सामना गर्नेछ ।

घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले २० औं मिनेटमा मेस्सीको गोलबाट खाता खोल्यो ।  ३६ औं मिनेटमा नेयमारले गोल गरेपछि पहिलो हाफमा बार्सिलोना २–० को अग्रता लिन सफल भयो ।

७४ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरे । खेलको ७९ औं मिनेटमा बिल्बाओका विलिम्सनले गोल गरेपनि सान्त्वना मात्र हुन सक्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment