Comments Add Comment

बैंकलाई १३ करोड ३० लाख ठग्ने मराठा पक्राऊ

१७ जेठ, काठमाडौं । बैंकिङ कसुर मुद्दामा १३ करोड ३० लाख रुपैयाँ जरिवाना र ६ वर्ष कैद सजायँ सुनाइएका अरुणकुमार मराठालाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले पक्राउ गरेको छ ।

Arun-Kumar-Maratha-arrestedमराठाले क्यापिटल मर्चेन्ट बैंकिङ एवम् फाइनान्स कम्पनी लिमिटेडबाट सफल उपत्यका आवास विकास कम्पनी प्रा.लि. को नाममा ७ करोड र सफल श्री पब्लिक ईन्भेष्टमेन्ट कम्पनी प्रा.लि. को नाममा ६ करोड ३० लाख रुपैयाँ कर्जा लिएका थिए । सो कर्जा दुरुपयोग गरी क्यापिटल मर्चेन्ट बैंकिङ एवम् फाइनान्स कम्पनी लिमिटेडलाई हानी नोक्शानी पुर्‍याएको ठहर गर्दै पुनरावेदन अदालत पाटनले गत बर्ष वैशाख २९ गते ६ बर्ष कैद र बिगो असुल गरी बिगो बमोजिम जरीवाना गरेको थियो । तर मराठा फरार थिए ।

कैद तथा जरीवाना बेरुजु रही फरार रहेका मराठालाई शुक्रबार नयाँबानेश्वरबाट पक्राउ गरी फैसला कार्यान्वयनको सिलसिलामा काठमाडौं जिल्ला अदालतमा पेश गरिएको थियो । अदालतको फैसला अनुसार उनलाई कारागार कार्यालय नख्खुमा कैद भुक्तानका लागि पठाइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment