Comments Add Comment

इजी लिंक र एनआइसी एसिया बैंकबीच रेमिट्यान्स सम्झौता

nicasia and easylink१७ जेठ, काठमाडौं । रेमिट्यान्सको रकम उत्पादनशील क्षेत्रमा लगानी गरौं भन्ने मुल नाराका साथ देशमा  रेमिट्यान्स भित्राउदै आएको कम्पनी इजी लिंक रेमिट्यान्स र एनआइसी एसिया बैंकबीच रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता भएको छ । सम्झौतापत्रमा इजी लिंक रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत डीपी अर्याल र एनआइसी एसिया बैंकका कामु प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले हस्ताक्षर गरे ।

यो सम्झौतापछि अब विश्वका विभिन्न देशबाट इजी लिंक रेमिट्यान्स मार्फत आएको रकम एनआइसी एसिया बैंकका देशभरी रहेका ६८ शाखाहरुबाट भुक्तानी लिन सकिने भएको छ । सम्झौतापछि  इजी लिंक रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत डी.पी अर्यालले विदेशबाट पठाएको पैसालाई छिटो छरितो तरिकाले सेवाग्राहीसम्म पु-याउन यो सम्झौताले थप सहज बनाउने जनाकारी दिए ।

 इजी लिंकले  विश्वका विभिन्न मलुकबाट नेपालमा रेमिट्यान्स भित्राउने अाफ्ना सेवाग्राहीलाई थप सहज र सुलभ बनाउँदै लैजान देशभरका विभिन्न बैंक तथा वित्तिय संस्थाहरुका साथै नीजि कम्पनीहरुसंग पनि रेमिट्यान्स भुक्तानी सम्झौतालाइ तिब्र पारेको छ ।  इजी लिंक रेमिट्यान्सले  खाडी तथा अन्य देशबाट पनि रेमिट्यान्स भित्राउन तिब्र रुपमा अघि बढिरहेको जानकारी गराए ।

यो सम्झौत्ाासंगै विश्वका विभिन्न मुलकबाट इजी लिंक रेमिट्यान्स मार्फत पठाएको रकम अब इजी लिंक रेमिट्यान्सका २२ सय भन्दा बढी एजेन्ट, सब-एजेन्ट तथा सम्झौता भएका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट भुक्तानी लिन सकिने कम्पनीका प्रबन्धक दिपेन्द्र खनाल ले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment