Comments Add Comment

नेपाली संगीत लन्डनको रोयल अलबर्ट हलमा गुञ्जिने

yogeswoer-amatya

दिनेश कुमार, लण्डन
जुन २८ तारिखमा नेपालका चर्चित कलाकारहरुले बेलायतको लण्डनमा रहेको  विश्व प्रसिद्ध रोयल अलबर्ट हलमा पहिलो पटक विशेष सांगीतिक प्रस्तुती दिने भएका छन् । आइतबार साँझ हुने कार्यक्रममा गायक दीप श्रेष्ठ, ओम विक्रम बिष्ट, योगेश्वर अमात्य, दीपक थापा मगर, जेम्स प्रधान, सुजिल कर्मचार्य, तृष्णा गुरुङ लगायतले विशेष प्रस्तुती दिन लागेका हुन् ।

गोरखा जिल्लाका भुकम्प पीडितहरुको राहतका लागि हेल्प नेपाल नेटवर्क युकेसँगको सहकार्यमा कार्यक्रम हुन लागेको हो । कार्यक्रम गर्दा लागेको खर्च बाहेक सम्पुर्ण उठेको रकम गोरखा जिल्लाका भुकम्प पीडितहरुको स्वास्थ्य र शिक्षमा खर्च गरिने आयोजकले बताएको छ ।

तराइका जनताले मुठिदान गर्दा सयौ क्विन्टल चामल जम्मा भएको भन्दै आयोजक तथा कार्यक्रमका परिकल्पनाकार योगेश्वर अमात्यमले कार्यक्रममा सहभागी भएर सहयोग गर्न बेलायतमा रहेका नेपालीलाई आग्रह गरेका छन् । ३ हजार ९ सय २९ सिट रहेको यो हलमा टिकट चाडै नै विक्री हुने आयोजकको भनाई छ ।

यो हलमा विश्वका चर्चित कलाकारहरुले आफ्नो प्रस्तुती दिदै आएका छन् । यो हलको अगि्रम बुकिङ गर्न न्यूनतम २ बर्ष लाग्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment