Comments Add Comment

सहमतिको खाका कोर्न बालुवाटारमा फेरि बैठक

Four-Party-Meeting

१९ जेठ, काठमाडौं । एक महिनाभित्र सहमतिमा संविधान जारी गरेर सबै दलहरु सम्मिलित राष्ट्रिय सहमतिको सरकार गठन गर्ने प्रयास एक कदम अघि बढेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार विहान बसेको चार प्रमुख राजनीतिक शक्तिहरुको बैठकमा सबै विषयमा खुलेर कुराकानी भएकाले सहमतिको वातावरण बनेको नेताहरुले बताएका छन् ।

यसअघि सोमवार पनि शीर्ष नेताहरुबीच छलफल भएको थियो । सहमति बाहेक अरु विकल्प छैन र एक महिनाभित्र संविधान जारी गरेमात्र विपत व्यवस्थापनमा जान सहज हुन्छ भन्नेमा सबै सहमत रहेको एमाले उपमहासचिव विष्णु पौडेलले बताए ।

सबै विषयमा सकारात्मक कुरा भएका कारण आन्तरिक छलफल गरेर पुनः बस्ने गरि साँझ ५ बजेसम्म बैठक स्थगित भएको स्रोतले जनाएको छ । दलहरुबीच संविधानका विवादित विषय विशेष गरि राज्य पुनःसंरचनाका हकमा नाम सहितका ५ प्रदेश वा नाम प्रदेश सभाले राख्ने गरि ८ प्रदेशमा जाने भन्नेमा सहमति हुन बाँकी छ ।

वैशाख १२ अघिको अवस्थाबाट सबै दलहरु माथि उठिसकेकाले सहमति टाढा नरहेको पौडेलले बताए । ‘कांग्रेसको एउटा पक्ष राष्ट्रिय सहमतिको सरकारको मुद्दामा अलि हच्किएको थियो तर अहिले ठिक भइसकेको छ’ उनले भने ।

सुशील कोइराला नेतृत्वकै सरकारले सहमतिमा संविधान जारी गरेपछि राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सम्बन्धमा दलहरुबीच सैद्धान्तिक सहमति भएको छ ।

मंगलबार साँझ पुनः बस्ने बैठकले केही निचोड निकाल्ने र त्यसपछि विवादिगत विषय टुंगो लाग्ने सम्भावना रहेको कांग्रेस नेता आनन्द ढुंगानाले बताए ।

मधेसी मोर्चा सहित विपक्षी मोर्चा मनाउने जिम्मा प्रचण्डलाई दिन लागिएको छ । मोर्चाका नेता बिजय गच्छदार बैठकमा सहभागी भए पनि उपेन्द्र यादव लगायतका केही नेता त्यसमा सहमत छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment