+
+

भारतीय वाणिज्य दूतावासद्वारा ४० हजार थान त्रिपाल हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ २० गते १२:५१

२० जेठ, वीरगञ्ज । वीरगन्जमा रहेको नेपालका लागि भारतीय महावाणिज्य दूतावासले जिल्ला प्रशासन कार्यालय पर्सालाई ४० हजार थान त्रिपाल हस्तान्तरण गरेको छ ।

वीरगन्ज सुख्खा बन्दरगाहमा बुधबार कार्यबाहक वाणिज्यदूत जसविर सिंहले पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेलाई त्रिपाल हस्तान्तरण गरेका हुन् ।

दुई करोड मूल्य बराबरका दुई हजार ४२ बण्डल त्रिपाल हस्तान्तरण गर्दै कार्यबाहक वाणिज्यदूत सिंहले विपत्तिको यस घडीमा नेपाली दाजुभाई तथा दिदीबहिनीलाई हरहिसाबले सहयोग गर्न भारत सरकार तथा भारतीय नागरिक तयार रहेको बताए ।

वैशाख १२ गते र २९ गते नेपालमा आएको महाभूकम्पमा परी घरबार गुमाएका नेपालीका लागि भारतीय उद्योग वाणिज्य सङ्घले त्रिपाल पठाएको थियो ।

त्रिपाल बुझ्दै पर्साका प्रमुख जिल्ला अधिकारी घिमिरेले नजिकिँदै गरेको मन्सुनमा भारतबाट प्राप्त भएको त्रिपालले ४० हजार परिवारलाई वर्षाबाट जोगाउने विश्वास व्यक्त गरे ।

प्राप्त भएको त्रिपाललाई नेपाल सरकारको निर्देशन अनुसार आवश्यकता भएका जिल्लामा सक्दो चाँडै पठाउने प्रजिअ घिमिरेले प्रतिबद्धता व्यक्त गरे । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?