+
+

त्रिपालका सुत्केरी बिरामी पर्न थाले

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ २३ गते ७:१७

२३ जेठ, काभ्रे । वैशाख १२ गतेदेखि गएको भूकम्प र त्यसका पराकम्पनले घर भत्किएपछि खुल्ला आकाशमुनि बस्न बाध्य भएका गर्भवती र सुत्केरी बिरामी पर्न थालेका छन् ।

गर्मी बढेपछि त्रिपाल र अस्थायी टहरामुनि बस्दै आएका गर्भवती र सुत्केरीलाई टाउको दुख्ने, पेट दुख्ने, रिँगटा लाग्ने र ज्वरो आउनेजस्ता समस्या देखा पर्न थालेका हुन् । भूकम्पले घर भत्किएसँगै त्रिपालमा बस्दै आएकी काखमा एक वर्षको बच्चा र पेटमा आठ महिनाको बच्चा बोकेकी खनालथोक गाविसकी ३३ वर्षे सीता विक घामपानीको समस्याले बिरामी पर्न थालेको अन्नपूर्ण पोस्टमा खबर छ ।

‘छाप्रामा बस्नुपर्छ, हावापानी र गर्मीले असर गर्ने भएकाले पटकपटक झाडापखाला र ज्वरो आइसक्यो,’ उनले भनिन्, ‘जस्ताको रापले जन्डिस होला भन्ने डर भइसक्यो । असारमा अस्पतालले डेट दिएको छ । काममा भएको बच्चा पनि बिरामी पर्न लाग्यो । कस्तो दैव लागेको होला । समस्यामाथि समस्या थपिँदै गएको छ ।’

घर भत्किएसँगै बाहिर घरटहरामा बच्चा र आमाका लागि आवश्यक लुगा, कपडा धुन र सरसफाइ गर्ने पानीको समस्या, शौचालयको व्यवस्था र सुत्केरीको रगत बगिरहँदा प्याड फेर्ने ठाउँ नहुँदा सुत्केरी विभिन्न समस्या र रोगको सिकार बन्न पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?