Comments Add Comment

दोलखाका भूकम्पपीडितलाई फौजी किराले समेत छाडेन

२३ जेठ, काठमाडौ । शक्तिशाली भूकम्पपछि दोलखाको उत्तरी गाविसमा सयौंको संख्यामा अनौठो किरा देखिन थालेपछि किसान चिन्तित बनेका छन् । विशेषगरी साँझमा देखापर्ने किराले मकै, आलु, कोदोको बिउ नष्ट गर्नुका साथै पालमा बसेका मानिसलाई समेत समस्यामा पारेको समाचारपत्रमा खबर छ ।
dolakha_district
सँझ देखिने यो किराले दोलखाको उत्तरी १४ गाविसमा लगाएको मकै, आलु, कोदोको बिउ सखाप पारेको दोलखा बिगुका ईश्वरबहादुर खड्काले बताए । अहिलेसम्म नदेखिएको यो किरा लाखौंको संख्यामा साँझपख निस्कने र रातभरमा बाली सखाप पार्ने गरेको खड्काले बताए ।

भूकम्पले घर क्षति भएपपिछ पालमा बसेका दोलखाको उत्तरी गाविसका स्थानीय अनौठो किराको टोकाइले समेत समस्यामा परेका छन् । अनौठो किराको टोकाइले विशेष गरी बालबालिकामा एलर्जी र घाउ भएको तथा ठूला मानिसलाईए पनि टोकेर समस्यामा पर्ने गरेको गौरीशंकर गाविसका सामाजिक परिचालक मिङमा शेर्पा बताउँछन् ।

उत्तरी गाविसका स्थानीय किरा नियन्त्रण गरिदिन माग गर्दै दुई दिन हिडेर सदरमुकाम चरिकोट आइपुगेका छन् ।

बागवानी केन्द्र बोचका वरिष्ठ कृषि प्राविधिक गुणराज पोखरेल मौसम अनुकुलतामा लाखौंको संख्यामा निस्किने यो किराको नाम आर्मी वार्म (फौजी किरा) भएको र धेरै प्रजातिमा निस्कने यो किराले बालीनाली सखाप पार्ने बताउँछन् । यो किरा नियन्त्रण नगरे समस्या हुनसक्ने उल्लेख गर्दै साँझको अवस्थामा निस्कँदा मानिसको शरीरमा बसेर एलर्जी र घाउ हुने तथा बालबालिकाको कानमा पसे बहिरासमेत हुन सक्ने पोखरेल बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment