Comments Add Comment

भारतीय कर्मचारीलाई नेपालमा बिदा भ्रमणको अनुमति

२४ जेठ, काठमाडौ । भारत सरकारले आफ्ना कर्मचारीलाई नेपालमा बिदा भ्रमणको अनुमति दिएको छ ।
यसअघि नेपालसहित श्रीलंका र माल्दिभ्समा बिदा पर्यटन मनाउन सक्ने सूचीमा राखेको भारतले आफ्ना कमृचारीलाई नेपालमा ‘लिभ ट्राभल कन्सेशन (एटीसी)’का लागि अनुमति दिने निर्णय गरेको नेपालका लागि भारतीय राजदुत रणजीत रायले जानकारी दिए ।
karma chari
एशिया प्यासिफिलक ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरद्वारा विहीबार राजधानीमा आयोजित सरोकारवालाहरुबीचको बैठकमा राजदूत रायले भारत सरकारले हालै कर्मचारीको बिदा गन्तब्य सूचीमा नेपाललाई समावेश गर्ने निर्णय गरेको जानकारी दिएको अभियान दैनिकमा खबर छ ।

यसअघि भारतीय सरकारका कर्मचारीलाई सरकारी खर्चमा विदेश भ्रमणको अनुमति थिएन । भारतमा वाषिर्क झण्डै २० लाख कर्मचारीले एलटीसी सुविधा पाउने बताइउको छ ।

राजदूत रायले दूतावासको तर्फबाट पनि नेपालको पर्यटन पुनरुत्थानका लागि सकारात्मक भूमिका निर्वाह गर्नेसमेत बताएका थिए ।
उनका अनुसार भारत सरकारले नेपालमा तीन वटा नयाँ हवाई रुट उपलब्ध गराउने र सोबारे निकट भविष्यमा नै औपचारिक पत्रमार्फत जानकारी गराइनेछ ।

नयाँ प्रवेश विन्दुको अनुमतिपछि तत्कालका लागि विशेष गरी मुख्य पर्यटकीय शहर पोखराबाट भारतका विभिन्न शहरको उडानमा ती रुट उपयोगमा ल्याउन सहज हुने अपेक्षा नेपाली ब्यवसायीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment