Comments Add Comment

दरबार हाईस्कुल र संस्कृत विद्यालयवीच स्वामित्वको झगडा

Darbar Highschool Bhanu mabi

२४ जेठ, काठमाडौं । रानीपोखरीस्थित दरबार हाईस्कुल भूकम्पले ध्वस्त भएसँगै स्वामित्व विवाद चर्किएको छ । विसं १९१० सालमा स्थापित भएको दरबार हाईस्कुल १९४८ सालमा रानीपोखरीस्थित अहिलेको भवनमा सरेको थियो ।

तीनधाराबाट सारेर रानीपोखरीमा ल्याइएको हाईस्कुलको नाम ०२४ सालमा भानु माध्यामिक विद्यालय (दरबार हाईस्कुल) मा परिवर्तन गरियो । दरबारियाहरुका लागि भन्दै स्थापना गरिएको यो स्कुल सर्वसाधारणका लागि खुल्ला गर्दै रानीपोखरीमा स्थानान्तरण गरिएको दुई वर्षपछि संस्कृत मावि पनि सोही भवनमा राखियो ।

त्यहाँ दरबार हाईस्कुलले जति चर्चा पायो, संस्कृत माविले भने खासै चर्चा पाएन । तर, सोही संस्कृत विद्यालयबाट धेरै नेताहरुले मेट्रिक पास गरे । संस्कृत माविको वेवास्ता गर्दै केही वर्षअघि मात्रै भानु माविका नाममा विद्यालय दर्ता गरिएपछि विद्यालयको स्वामित्वबारे विवाद चर्किएको छ ।

संस्कृत माविको अस्तित्व खोई ?

थापाथलीस्थित जुद्धशमसेरको घरमा (अहिलेको राष्ट्र बैंक रहेको भवन) दरबार हाइस्कुलको लागि स्थापना गरिएको थियो । ‘भानु माविसंँगसँगै स्थानान्तरण गरिएको संस्कृत माविको स्वामित्व के हो भन्ने कुरा अन्योल छ,’ संस्कृत माविका प्राचार्य बद्रीप्रसाद दाहालले भने, ‘मन्त्रीस्तरीय छलफल हुनुपर्ने भन्दै टार्ने काम भएको छ ।’

अहिले विद्यालय भवन भत्किएर अस्थायी शिक्षण केन्द्र (टीएलसी) बनाएर पढाउने भनिए पनि आफूहरुले कहाँ पढाउने भन्ने अन्योल रहेको प्राचार्य दाहाल बताउँछन् । संस्कृत स्कुललाई अरु नै संस्कृत विद्यालयमा लगे भैगो नि भनेर शिक्षाका अधिकारीहरुले बताउने गरेको दाहालले गुनासो गरे ।

तर, भानु माविका प्रिन्सिपल हेमचन्द्र महतो भने तत्कालका लागि दुवै विद्यालय मिलेर नै सञ्चालन हुने बताउँछन् । ‘पाँचवटा टीएलसी बनाउने स्वीकृति भएको हो’, महतोले भने, हामी एक सिफ्टमा र संस्कृत मावि अर्को सिफ्टमा अर्को स्कुल चलाउन सकिन्छ ।’

विद्यालय सार्नुपर्ने बहस

भूकम्पले भवन भत्किएपछि अहिले दुई थरी बहस चल्न थालेको छ । थोरै विद्यार्थी रहेको यो भवनमा सबै भवन प्रयोग गर्नु आवश्यक नभएकाले विद्यालय नै हटाउनुपर्ने एक थरीको तर्क छ । अर्काथरीले ऐतिहासिक महत्वको विद्यालय भएकाले विद्यालय सार्नु उपयुक्त नहुने तर्क गर्ने गरेका छन् ।

ऐतिहासिक महत्वको भवन भएकाले संग्राहलयका रुपमा राख्न सकिने पनि केही पुरातत्वविदहरु बताउँछन् ।

कक्षा १ देखि १० सम्मको माध्यामिक तहको पढाइ हुने भानु मावितर्फ झण्डै २ सय २५ विद्यार्थी रहेका छन् भने । ६ कक्षादेखि १० सम्म पढाइ हुने संस्कृत माविमा गत वर्ष १ सय ७६ जना विद्यार्थीमध्ये यो वर्ष २६ जनाले एसएलसी परीक्षा दिएका छन् ।

अहिले २६ देखि ५० जना विद्यार्थी थपिने संस्कृत माविका प्राचार्य दाहालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment