Comments Add Comment

जाजरकोटका अधिकांश बालबालिका पुड्का !

बी.बी. गिरी

२४ जेठ, जाजरकोट । जाजरकोटका अधिकांश बालबालिका पुड्का भएको एक अध्ययनले देखाएको छ । कृषि तथा खाद्य सुरक्षा आयोजना कार्यक्रमले गरको सर्वेक्षण अनुसार जिल्लाका ७८ प्रतिशत बालबालिका पुड्का र र १४ प्रतिशत ख्याउटे भएको पाइएको छ ।

बालबालिकाको शारिरीक तथा मानसिक विकासको लागि उपयुक्त वातावरण नभएकोले यस्तो समस्या देखिएको हो । यस्ता बालबालिकाको उमेर अनुसारको उचाई र उचाई अनुसारको तौल नहुने समस्या रहेको जिल्ला अस्पतालका मेडिकल अधिकृत डा. बोम बि.सीले बताए ।

महिलाहरुले सुरक्षित सुत्केरी सुविधा, पोषण युक्त खानेकुरा र नियमित गर्भ परिक्षणको सुविधा नपाउनुले पनि यस्तो समस्या देखिने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

सुरक्षित पिउने पानी र सरसफाइको अभाव, रोग तथा संक्रमण नियन्त्रण नहुनुले पनि बालबालिकामा कुपोषण हुने गरेको छ । कुपोषणले नै बालबालिका पुड्के र ख्याउटे हुने गरेका छन् ।

सर्वेक्षणले महिला तथा बालबालिकामा रक्त अल्पताको समस्या पनि देखाएको छ । कुपोषण लगायतका मातृ तथा शिशु समस्या समाधानका लागि जिल्लामा कृषि तथा खाद्य सुरक्षा कार्यक्रम लागू गरिएको छ ।

पहिलो चरणमा जिल्लाका १० गाविसमा लागू भएको यो कार्यक्रम सन २०१८ सम्म ३० गाविसमा पुर्‍याउने लक्ष्य रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

यो कार्याक्रमले मातृ शिशु तथा बाल्यकालिन पोषण अवस्थामा सुधार गरी बालबालिकाको पुड्का र ख्याउटेपना घटाउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment