Comments Add Comment

प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चा फुट्यो

30-Party-meet

२५ जेठ, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा रहेको ३० दलीय मोर्चा औपचारिक रुपमा फुटेको छ ।

सोमबार दिउँसो बसेको मोर्चाको बैठकमा एमाओवादी अध्यक्ष प्रचण्ड ८ प्रदेशमा सहमति गर्ने भन्दै हिडेपछि मोर्चामा विभाजन आएको हो । बैठकमा प्रचण्डले नामांकन प्रदेशसभा र सीमांकन संघीय आयोगले गर्ने सहमति भएको र आजै सहमतिमा हस्ताक्षर गर्न सक्ने बताए ।

बैठकमा मोर्चामा आवद्ध २८ दलले भने सीमांकन विनाको ८ प्रदेश स्वीकार्य नहुने बताए । तर, आफ्नो कुरा संयोजक प्रचण्डले नसुनेपछि मोर्चामा विभाजन आएको छ ।

मोर्चामा आवद्ध मधेसी र जनजाति दलहरुले संयुक्त पत्रकार सम्मेलन गरेर चार दलबीच कुनै सहमति भए मान्य नहुने बताए ।

पत्रकार सम्मेलनमा तमलोपाका सहअध्यक्ष हृदयेश त्रिपाठीले भने-‘कुनै सहमति भए त्यो चार दलको मात्र हुनेछ । ३० दलीय मोर्चाको होइन ।’

पत्रकार सम्मेलनमा एमाओवादी र विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक बाहेकका मधेसी दल र जनजाति पार्टीका नेताहरु उपस्थित थिए ।

तमलोपा सहअध्यक्ष त्रिपाठीले चार दलबीच भएको भनिएको ८ प्रदेशको सहमति संघीयता र परिर्वतनमाथिको निर्मम प्रहार भएको बताए ।

उनले यस्तै अवस्था रहे केही दल र सभासदले संविधानसभा छाड्ने चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment