Comments Add Comment

गाडिएको बालक जिउँदै निस्किदासमेत फिरौती माग्न नछोडेपछि

२६ जेठ, काठमाडौ । सिन्धुपाल्चोक धुवाचौरबाट राजधानी आएका बन्जारा परिवार दैनिक रुपमा ज्याला मजदुरी गरेर जीवन धान्दै आएका छन् ।

भूकम्पका कारण धुवाचौरमा रहेका घर सबै ध्वस्त भएपछिको चिन्ता उत्तिकै छ । दिनरात मजदुरी गरेर गुजारा चलाउँदै आएका बन्जारा परिवारले कहिल्यै पनि त्यति ठूलो बज्रपात आइलाग्छ भन्ने कल्पनासमेत नगरेको नेपाल समाचारपत्रमा खबर छ । तर आफचोस जेठ २३ गते घर नजिकै स्कुलबाट खबर आयो आफ्नो १० वर्षीय छोरा बेहोस अवस्थामा रहेको छ । खबर सुनेपछि हतारहतार छोरा भएको ठाउँमा पुग्दा बन्जारा परिवारको होसहवास उड्यो । घाँटी, आँखा र छातीमा चोट देखेपछि बुबा भीमसेन बन्जाराको आँखामा आँशु थामिएन ।

तत्कालै स्थानीय र परिवार मिलेर घाइते अवस्थामा भेटिएका बालकलाई नजिकै रहेको शंखरापुर अस्पताल लगे पनि त्याहाँ उपचार हुन नसकेपछि अत्तरखेलस्थित मेडिकल कलेजमा पुर्याए । घाइते अवस्थामा बालक भेटिए पछि दिदी भवानी बन्जाराको नम्बरमा फोन आयो-‘तेरो भाइ चाहिने भए ५० लाख रुपैयाँ लिएर सिन्धुपाल्चोक आउनु ।’

अपहरणकारीले मर्यो भनेर गाडेर गाडेर हिँडेका छोरा बाँचेकामा बन्जारा परिवार निकै खुशी भए । तर दुई दिन वितिसक्दासमेत अपहरणकारीले तेरो छोरा हामीसँग छ भनेर फिरौती माग्न छाडेनन् । बन्जारा परिवारले धेरै त सकिदैँन सकेको पैसा लिएर आउँछौं भनेर आश्वासन दिए र महानगरीय प्रहरी वृत्त बौद्धमा घटनाको विषयमा जानकारी दिए ।

घटनाको जानकारी दिएलगत्तै महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न अपहरणकारी दोलखा मार्बु-९ का २३ वर्षीय भीमबहादुर मगर र सोही गाविस बस्ने २६ वर्षीय रुद्र खत्रीलाई चार घण्टामै पक्राउ गर्न सफल भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment