Comments Add Comment

बारामा स्थानीयले अबरुद्ध पारेको सडक खुल्यो

२६ जेठ, निजगढ । बाराको पिलुवामा स्थानीयले अबरुद्ध पारेको सडक प्रहरीको पहलमा खुलेको छ । सोमबार साँझ गाडीको ठक्करबाट मृत्यु भएका ६६ वर्षीय खडानन्द बजगाईंका परिवारलाई उचित क्षतिपूर्ति र ठक्कर दिने गाडी नियन्त्रणमा लिन माग गर्दै स्थानीयले मंगलबार दिउँसो सडक अबरुद्ध पारेका थिए ।

पिलुवा चोकमा इलाका प्रहरी कार्यालय सिमरा, पथलैया प्रहरी चौकी, स्थानीयबासी र पीडित परिवारका प्रतिनिधिबीच भएको वार्तामा ५ दिनभित्र ठक्कर दिने गाडी पत्ता लगाएर कारवाही गर्ने तथा क्षतिपूर्ति दिलाउने सहमति भएपछि बाटो खुलेको हो । सहमतिसँगै बाटो खुलेपछि सवारी साधन र तिनमा सवार यात्रुहरु गन्तव्यमा लागेका प्रहरी चौकी पथैलयाका असई वि्रजेश प्रसाद चौधरीले जानकारी दिए ।

साइकल चढेर निजगढदेखि पिलुवा हिँडेका बजगाईंलाई सोमबार साँझ ७ बजेतिर गाडीले ठक्कर दिएको स्थानीयको भनाइ छ । तर, ठक्कर दिने गाडीको पहिचान भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment