+
+

सहमति कसैको जीत र हार होइनः ओली

२६ जेठ, काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चार दलबीच भएको १६ बुँदे सहमतिबाट कसैको जित र कसैको हार नभएको बताएका छन् । ओलीले आम नागरिकको हितका लागि नै संविधान निर्माणको विवादित विषयमा सहमति गरेको बताए । दलहरुबीच भएको सहमतिको विषयलाई लिएर उचाल्ने र पछार्ने काम नगर्न पनि ओलीले सवैलाई आग्रह गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ २६ गते १५:५६

KP-Oli-Press-Meet

  • पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी ओली, वरिष्ठ नेता झलनाथ खनाल र नेता गोकर्ण विष्ट

२६ जेठ, काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चार दलबीच भएको १६ बुँदे सहमतिबाट कसैको जित र कसैको हार नभएको बताएका छन् ।

ओलीले आम नागरिकको हितका लागि नै संविधान निर्माणको विवादित विषयमा सहमति गरेको बताए । दलहरुबीच भएको सहमतिको विषयलाई लिएर उचाल्ने र पछार्ने काम नगर्न पनि ओलीले सवैलाई आग्रह गरेका छन् ।

एमालेको भूकम्पपछि स्वयंसेवीहरुले गरेको कार्यप्रगतिबारे जानकारी दिन बल्खुमा मंगलवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओलीले आफूहरुले कसैले उचालेर नउचालिने बताए । संविधान निर्माण अहिलेको आवश्यकता भएको उल्लेख गर्दै ओलीले आफूहरु सहमतिबाट पछि नहट्ने बताए ।

दलहरुबीचको उक्त सहमतिले स्वयंसेवक परिचालन अभियानलाई थप उत्साहित बनाएको एमालेले जनाएको छ ।

सबै पार्टी सदस्यले तीन अनिवार्य श्रम गर्ने

स्वयंसेवक परिचालन अभियानअन्तर्गत एमालेले आगामी असार ४ देखि ६ गतेसम्म तीन दिन सबै पार्टी सदस्यहरूले आफ्नो क्षेत्रमा अनिवार्य श्रम गर्ने भएको छ । पार्टीको मंगलवार बसेको सचिवालय बैठकले भूकम्प प्रभावित २५ जिल्लाका ७६ निर्वाचन क्षेत्रमा स्थानीय पार्टी कमिटीहरूले सबै पार्टी सदस्यहरूलाई अनिवार्य श्रमदानमा परिचालित गर्ने एमाले केन्द्रीय प्रचार समितिका प्रमुख योगेश भट्टराईले बताए ।

१५ हजार घर टहरा र ५ सय बढी विद्यालय निर्माण

नेकपा एमालेको स्वयंसेवी अभियान अन्तर्गत अहिलेसम्म १५ हजार २ सय १० नयाँ अस्थायी घर तथा ५ सय १४ क्याम्पस/ विद्यालयहरूका अस्थायी संरचनासमेत निर्माण गरेको जनाएको छ ।

टोलीले १४ हजार ३ सय भत्किएका संरचनाहरूको भग्नावशेष हटाई सफाई गर्नुका साथै दर्जनौं स्वास्थ्य चौकी, आमा समूहलगायतका सामुदायिक भवन निर्माण गरेको केन्द्रीय प्रचार समितिका प्रमुख भट्टराईले जनाएका छन् ।

पार्टीको राहत कोषमा सहयोग आउने क्रम जारी

नेकपा एमालेले स्थापना गरेको केन्द्रीय राहत कोषमा सहयोग जुट्ने क्रम जारी रहेको छ । मंगलवार नवलपरासी जिल्ला कमिटीले जिन्सी र नगदसहित २० लाख ७३ हजार ४ सय ४५, डा. कृष्णगोपाल महर्जनद्वारा २ लाख तथा केन्द्रीय कार्यालयका कर्मचारीहरूका तर्फबाट ५२ हजार नगद जम्मा गरिएको एमालेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?