Comments Add Comment

दलहरुको १६ बुँदे सम्झौतापछि निजी क्षेत्र हर्षित

२६ जेठ, काठमाडौं । प्रमुख चार राजनीतिक दलबीच संविधान निर्माणको विषयमा भएको १६ बुँदे सम्झौताको निजी क्षेत्रले सह्रना गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघले दलहरुबीचको नयाँ सहमतीले संविधान निर्माणमा सुनिश्चितता पैदा भएको बताएको छ ।

Fncciप्रमुख राजनीतिक दलबीच जेठ २५ गते मध्यरातमा संविधान जारी गर्ने विषयमा सम्झौता भएको थियो । यसले मुलुक निर्बाध अगाडि बढ्ने विश्वास निजी क्षेत्रको छ । ‘भुकम्पले थिलोथिलो भएको मुलुकलाई माथि उठाउन अब सिंगो मुलुक नै होमिने अपेक्षा गरेका छौं’ महासंघद्धारा मंगलबार जारी विज्ञप्तीमा भनिएको छ ।

चार दलको सहमतीप्रति विमती राख्नेहरुलाई समेत विश्वासमा लिएर शिघ्र संविधान निर्माण गरी मुलुकभित्र राजनीतिक स्थायित्व कायम गर्न दलहरु सफल हुने विश्वास महासंघले लिएको छ ।

वैशाख १२ र २९ गते गएको विनासकारी भुकम्पका कारण मुलुक थिलोथिलो भएको छ । यस्तो परिस्थितिमा भुकम्प प्रभावित जनताको पुनरस्थापना तथा मुलुकको पुनर्निर्माणका लागि अर्बौंको लगानी आवश्यक छ । यस परिस्थितिमा दलहरु बीचको सहमती मुलुकभित्र राजनीतिक स्थायित्व कायम गरि लगानीको वातावरण बनाउन महत्वपूर्ण कडी हुने महासंघको धारणा छ ।

राजनीतिक व्यवस्थालाई समेत स्थायित्व दिने, अर्थतन्त्रलाई निर्वाध र स्वतन्त्र रुपमा संचालन हुने वातावरणको सुनिश्चितता नयाँ संविधानमा गर्न महासंघले माग गरेको छ । महासंघले नयाँ संविधानले आर्थिक स्वतन्त्रताका अन्तरवस्तुहरूलाई संविधानको मौलिक हकमै प्रत्याभूति गर्नुपर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment