Comments Add Comment

पूर्वउपसभामुखलाई विप्लव माओवादीको ज्यान मार्ने धम्की !

३१ जेठ, काठमाडौं । एकीकृत नेकपा माओवादीको केन्द्रीय समिति बैठकमा पूर्वनेता नेत्रविक्रम चन्द विप्लवबारे प्रश्न उठेको छ ।
Purna  Subediविप्लव महासचिव रहेको नेकपा माओवादीका कार्यकर्ताले देशभर आफ्ना कार्यकर्ता कुटेको भन्दै एमाओवादी नेताहरुले प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।

बाँके जिल्ला कार्यसमिति सदस्य सुकैलाल बर्मामथि विप्लवका कार्यकर्ताले वैशाख दोस्रो साता आक्रमण गरेको केन्द्रीय सदस्य महेश्वर गहतराजले बताए । उनका अनुुसार बर्माका दुबै खुट्टा भाँचिएका छन् ।

विप्लव माओवादीका कार्यकर्ताले पूर्वउपसभामुख पूर्णकुमारी सुवेदीको परिवारलाई पनि ज्यानमार्ने धम्की दिएको नेताहरुले रिपोर्टिङ गरेका छन् ।

विप्लव माओवादीले जनविरोधीको आरोप लगाएर आक्रमण गरेको तथा धम्की दिएको एमाओवादी नेताहरुले बताए ।

केन्द्रीय समितिको बैठकमा एमाओवादी नेताहरुले विप्लव माओवादीले एमाओवादीलाई बर्ग दुश्मन बनाएरै आक्रमण थालेको हो भनेर प्रश्न गरेका छन् ।

‘विप्लव माओवादीका तल्लो तहका कार्यकर्ताले ‘आइरन कट आइरन’ भने जस्तै व्यवहार गरेका छन्’ केन्द्रीय सदस्य गहतराजले भने-‘बर्ग दुश्मन भनेर निशाना बनाएका हुन् वा व्यक्तिगत रीसइबी साँधेका हुन, नेतृत्व तहमा छलफल गरेर प्रष्ट पार्नु पर्‍यो भनेका छौं ।’

बैठकमा एमाओवादी अध्यक्ष प्रचण्डले भने वर्गदुश्मन नै बनाएको होइन होला भनेका छन् । साथै उनले यसबारे विप्लवसहितका नेताहरुसँग बसेर छलफल गर्ने आश्वासन दिएका छन् ।

माओवादी कोषाध्यक्ष हरिबोल गजुरेलले पनि पश्चिमका विभिन्न जिल्लामा समस्या देखिएकाले विप्लवसँग छलफल गर्ने निर्णय भएको अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment