Comments Add Comment

निशा पनि अमेरिका उडिन्, शरदसँग के टुक्रियो सम्बन्ध ?

फाइल फोटो
फाइल फोटो

नेपाली कलाकारलाई अमेरिका अहिले भविष्य बनाउने बाटो बनेको छ । कलाकारिता गर्दा गर्दै अमेरिका पुग्ने र उत्तै बाटो खोज्नेहरुको संख्या कम छैन । यही भिडमा नायिका निशा अधिकारी पनि अमेरिका उडेको खबर छ । जुन १३ अर्थात शनिबार उनले लेखेको स्टाटसमा उनी अबुधावीमा ट्रान्जिटमा रहेको उल्लेख छ ।

फेसबुकमा कुनै पनि तस्बिर सार्वजनिक नगरि निशा अमेरिका पुगेकी हुन् । निशाले सामान्य भन्दा सामान्य गतिविधीलाई पनि फेसबुकमा राख्ने गरेकी थिइन् ।nisha-status

उनको मोबाइलमा पनि सम्पर्क हुन सकेको छैन । निशा अमेरिका उडेपछि विभिन्न खालका प्रश्नहरु पनि उब्जिएका छन् । निशा कती महिना अमेरिका बस्छिन् भन्ने खुलेको छैन । तर, ३ महिना अमेरिका बसेर त्यता नै बस्ने चाजोपाजो उनले मिलाउने सुर कसेको श्रोतले बतायो ।

प्रेमी शरद भेष्वाकरसँग पनि निशाको सम्बन्ध टुटेको चर्चा चलचित्र बजारमा चल्न थालेको छ । निशा र शरदले संयुक्त रुपमा संचालनमा ल्याएको फेसबुक पेज पनि अहिले डियाक्टिभ भएको छ । सम्बन्ध टुट्नुको बलियो आधार यसैलाई मानिएको छ । यस बिषयमा निशाले केही पनि बोलेकी छैनन् ।

कान्तिपुर साप्ताहिकमा शरदसँग बिहे गर्ने बताएपनि यस बिषयमा क्रिकेटर भेष्वाकरले कुनै प्रतिक्रिया दिएनन् । जसकाकारण पनि निशा र शरदको सम्बन्धमा ब्रेकअप लागेको चर्चा चल्नु स्वभाविक नै हो । आशा गरौ, निशाले यस बिषयमा चाडै नै आफ्नो भनाई सार्वजनिक गर्नेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment