Comments Add Comment

शाहरुख र काजोलको जोडी क्रिशमसमा

CHoJH_5UwAAITcqमुम्बई । शाहरुख खान र काजोलले मुख्य भूमिका निर्वाह गरेको चलचित्र ‘दिलवाले’ आउँदो डिसेम्बरमा रिलिज हुने भएको छ । बुल्गेरियमा सुटिङमा ब्यस्त अभिनेता शाहरुखले ट्वीटर मार्फत सो जानकारी दिएका हुन् । सम्भव त क्रिशमसको अवसरमा फिल्म रिलिज हुने छ ।

कुनै वेलाका चर्चित जोडी शाहरुख र काजोलले यसमा जोडी बनेर अभिनय गरेका छन् । उनीहरु जोडी बनेर प्रस्तुत भएको पाँच वर्षपछि हो । यसअघि ‘माईनेम ईज खान’मा शाहरुख र काजोज जोडीका रुपमा प्रस्तुत भएका थिए ।

यस फिल्ममा शाहरुख र काजोल बाहेक वरुण धवन, कृति सनोन, बरुण शर्मा पनि मुख्य भूमिकामा रहेका छन् । गोवाको रमणीय स्थानमा सुटिङ भएको दीलवालेको अहिले बुल्गेरियामा सुटिङ भइरहेको छ ।

भारतमा शाहरुख काजोलको जोडीलाई फिल्ममा आदर्श जोडीका रुपमा लिईन्छ । कुछ कुछ होता है, कभी खुसी कभी गम लगायत दर्जनौ फिल्ममा उनीहरुले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment