Comments Add Comment

सञ्जय दत्तले भने- मलाई भिलेनको रोल नदिनुस्

sanjay datt pk

मुम्बई । अहिले जेल जीवन बिताइरहेका सञ्जय दत्तले त्यहाँबाट मुक्त भएपछि खलचरित्र निर्वाह नगर्ने भएका छन् ।

‘धेरै फिल्ममा खलनायक भएकाले पनि समाजले मलाई नेगेटिभ पात्रको रुपमा हेरे जस्तो लागेको छ ।’ भारतीय समाचार संस्थासँग कुरा गर्दै उनले भनेका छन् ‘अब म खलनायक भएर अभिनय गर्दिन ।’

उनी अब केही दिनपछि जेलमुक्त हुँदैछन् । जेलमुक्त भएपछि खलनायक भएर अभिनय नगर्ने उनकी श्रीमती मान्यताले पनि बताएकी छिन् । साथै उनले आम निर्माता/निर्देशकलाई आग्रहको भाषामा भनेका छन् ‘सञ्जयले खलनायकको चरित्र निर्वाह गरेको कुनै पनि फिल्मको प्रचार प्रसार नगरिदिनु होला ।’

सञ्जय जेलबाटमुक्त भए लगत्तै केही दिन परिवारसँग बिताउने छन् भने त्यसपछि सुटिङमा जाने भएका छन् । राजकुमार हिरानी, उमेश शुक्ला र सञ्जय गुप्ताको फिल्ममा उनले काम गर्ने सम्झौता गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

१०

धिमे बजाउने केटी…

Advertisment