Comments Add Comment

सामुदायिक विद्यालयकी भावना छात्रातर्फ सर्वाेत्कृष्ट

कपिल ज्ञवाली

५ असार, बुटवल । ०७१ सालको एसएलसीमा छात्रातर्फ रुपन्देहीकी भावना अर्यालले सामुदायिक विद्यालयबाट सर्वाधिक अंक ल्याएकी छन् ।

मणिग्राममा रहेको शान्ति नमुना उच्च माविबाट परीक्षा दिएकी तिलोत्तमा नगरपालिका मणिग्रामकी भावनाले अर्यालले ९३.८७५ प्रतिशत अंक ल्याएर सामुदायिकतर्फ पहिलो भएकी छन् भने छात्रातर्फ सम्भवतः नेपालकै पहिलाे भएकी हुन् ।

bhawana aryal-slc topperरुपन्देही मणिग्राम चार नम्बरकी भावना नेपालमै दोस्रो र छात्रातर्फ प्रथम भएपछि विद्यालय र परिवारमा खुशियाली छाएको छ । भावनाले ८ सय पूर्णाङकमा ७ सय ५१ नम्बर प्राप्त गरेकी हुन् । उनले अनिवार्य गणितमा सय पूर्णाङकमा सय नम्बरनै ल्याएकी छन् ।

त्यस्तै कप्यूटरमा ९९,ऐच्छिक गणितमा ९८, विज्ञानमा ९७, अग्रेजी ९४, नेपालीमा ९० , जनसंख्या तथा वातावरण शिक्षामा ८७ र सामाजिक विषयमा ८६ नम्बर प्राप्त गरेकी छन् । सामुदायिक विद्यालयमा अध्ययन गरि नेपाल दोस्रो हुनुलाई सफलताको
रुपमा लिइएको छ ।

विज्ञान बिषय पढ्छुः भावना अर्याल

शुक्रबार प्रकाशित एसएलसी नतिजामा नेपाल दोस्रो हुन सफल रुपन्देहीकी भावना अर्यालले विज्ञान पढ्ने बताएकी छन् । विज्ञान विषयबाट आफ्नो भविष्य तय गर्ने उनको अठोट छ । उनले आफ्नो सफलतामा शिक्षक, बुवा र आमाको हौसलालै प्रमुख रहेको बताइन् । उनले निरन्तरको मेहनतले सफलता प्राप्त गरेको बताइन् ।

ँम एकदमै खुशी छु, मैले जे सोचेको थिए त्यहि नतिजा आयो उनले अनलाइनखबरसँग भनिन् ।’ भावनाका बुवा माधव अर्याल बुटवलकै न्यू होराईजनका शिक्षक हुन् ।

शान्ति नमुनाका सहायक प्राचार्य कुलप्रसाद लामिछानेले उनको सफलतासगै विद्यालयको सफलता पनि जोडिएको बताए । उनले केही गरेर देखाउनेमा कुलप्रसाद पनि विश्वस्त छन् ।

भावनाका वुवालेे छोरीकै चाहना अनुसार आफुले शान्ति नमूनामा पढाएको बताए । उनका अनुसार छोरा भुवन अर्यालले ९० प्रतिशत अंक ल्याएर शान्ति नमूनाबाटै उतीर्ण गरेका थिए । कक्षामा अनुशासित र लगनशील भावना कक्षा ६ सम्म न्यू इन्भारमेन्ट बोर्डिङमा पढेकी भावना ७ कक्षादेखि शान्ति नमूनामा पढेकी हुन् ।

शान्ति नमुनाबाट प्रवेशिका परीक्षामा सहभागी भएका १ सय ९१ मध्ये ५९ विशिष्ट, ९१ प्रथम र १८ जना द्धितीय गरी १ सय ५८ जना पास भएका छन् । उक्त विद्यालयबाट ३ जना दृष्टिविहिन प्रवेशिका परीक्षामा सहभागी भएकामध्ये तीनै जना प्रथम श्रेणीमा उत्तीर्ण भएको विद्यालयले जनाएको छ ।

त्यसैगरी कान्ति उच्च माविका मनोज भण्डारीले ९३.८७ प्रतिशत अंक ल्याएका छन् भने अक्सफोर्ड उच्च मावि बुटवलका निधी सिंहले ९३.१३ ल्याएका छन् ।

रुपन्देहीमा ५९.४२ प्रतिशत उतीर्ण

रुपन्देहीबाट ५९.४२ प्रतिशत बिद्यार्थी उतीर्ण भएका छन । नियमिततर्फ १३ हजार ५८ जना विद्यार्थी परिक्षामा सहभागी भएकोमा ७ हजार ७ सय ५९ जना विद्यार्थी उतीर्ण भएको जिल्ला शिक्षा कार्यालय रुपन्देहीले जनाएको छ ।

जिल्­­ला शिक्षा अधिकारी टेकबहादुर थापाका अनुसार यो गत वर्षको तुलनामा २.४ प्रतिशत बढी हो । गत वर्ष जिल्लाबाट ५७.२ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका थिए । समग्र मुलुकमा ४७.४३ प्रतिशत विद्यार्थी उतीर्ण भएको अवस्थामा रुपन्देहीको नतिजा सन्तोषजनक रहेको अधिकारी थापाले बताए ।

नतिजा अनुसार जिल्लामा १ हजार र १ सय ८८ जना बिद्यार्थी बिशिष्ट श्रेणीमा उत्तिर्ण भएका छन् । त्यस्तैगरी प्रथम श्रेणीमा ४ हजार ४ सय ९९, द्वित्तीय श्रेणीमा २ हजार २९ जना र ४३ जना बिद्यार्थी तृतीय श्रेणीमा उत्तिर्ण भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

त्यस्तैगरी एक्जाम्टेड तर्फ रुपन्देहीमा १९.२ प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् । एक्जाम्टेडतर्फ कुल १ हजार ७ सय ४ विद्यार्थी सहभागी भएकोमा ३ सय २७ जना बिद्यार्थी उत्तिर्ण भएको सहायक प्रमुख जिल्ला शिक्षा अधिकारी गंगाराम आचार्यले बताए । उनले रुपन्देहीमा एकजाम्टेड तर्फ प्रथम श्रेणीमा ९, द्वितीयमा २ सय ६७ र तृतीय श्रेणीमा ५१ जना बिद्यार्थी उत्तिर्ण भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment