Comments Add Comment

योग सिकाउनेलाई बजेटको व्यवस्था गरौं : मुख्यसचिव

YOGA DAY (36)

श्रीधर पौडेल

६ असार, काठमाडौं । मुख्यसचिव लीलामणि पौडेलले योगसम्बन्धी तालिमका लागि आगामी बजेटमा आवश्यक रकमको व्यवस्था गरिनुपर्ने बताएका छन् ।

पहिलो अन्तराष्ट्रिय योग दिवसको अवसरमा आइतबार विहान स्वास्थ्य मन्त्रालयले आयोजना गरेको कार्यक्रममा मुख्य सचिव पौडेलले यस्तो बताएका हुन् । कार्यक्रममा मुख्य सचिव पौडेलले योगसम्बन्धी अनुसन्धान र तालिम दिन स्वतन्त्र संस्था आवश्यक रहेको भन्दै त्यसका लागि आगामी बजेटमा कार्यक्रम ल्याउन मन्त्रालयका अधिकारीलाई निर्देशन दिए ।

YOGA DAY (27)

यसैबीच पहिलो योग दिवसका अवसरमा काठमाडौंको लैनचौरस्थित भारतीय दुतावासको कार्यालय परिसरमा योगशिविर आयोजना गरियो । सो शिविरको उपराष्ट्रपति परमानन्द झाले उदघाटन गरे ।

दूतावासमा आयोजित कार्यक्रममा उपराष्ट्रपति झासहित नेपालका लागि भारतीय राजदूत रन्जित रे, कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, अभिनेतृ मनिषा कोइराला एवं उद्योगी व्यवसायीसमेत सहभागी थिए ।

YOGA DAY (7)

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसंघको ६९ औं साधारणसभामा योगको उदगमस्थल नेपाल र भारत भएको बताउँदै योग दिवस मनाउने प्रस्ताव पेश गरेका थिए । सो प्रस्तावलाई राष्ट्रसंघले गत वर्षको सेप्टेम्बर ११ मा पारित गरेको थियो । विश्वका १ सय ७० भन्दा बढी देशले यसमा समर्थन जनाएका थिए ।

संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष जुन २१ मा अन्तरराष्ट्रिय योग दिवस मनाइनेछ । नेपालले भने यसअघि नै प्रत्येक वर्ष पुस १३ गते राष्ट्रिय योग दिवस मनाउने घोषणा गरिसकेको थियो ।

भारतीय दुतावासमा आयोजित योग शिविरका तस्वीर हेर्नुस्-

YOGA DAY (25)

YOGA DAY (38)

YOGA DAY (6)

YOGA DAY (23)

YOGA DAY (24)YOGA DAY (31)

YOGA DAY (29) YOGA DAY (28)YOGA DAY (19) YOGA DAY (18) YOGA DAY (16) YOGA DAY (14) YOGA DAY (10)
YOGA DAY (21)

YOGA DAY (32)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment