+
+

एमाओवादीले संविधान बनाउन सबै शक्ति लगाउने

अनलाइनखबर अनलाइनखबर
२०७२ असार ११ गते १४:०३

११ असार, काठमाडौं । एकीकृत नेकपा माओवादीले असार १३ गते भित्र नयाँ मस्यौदा तयार पार्ने गरी नयाँ संविधान निर्माणको कामलाई अगाडि बढाउने निर्णय गरेको छ ।

prachanda at pressmeetपार्टीका सबै शक्ति संविधान निर्माणको काममा लगाउने एमाओवादीले जनाएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास लाजिम्पाटमा शुक्रबार बिहान बसेको पदाधिकारी बैठकले पार्टीका सबै शक्ति संविधान निर्माणमा लगाउने र १३ गतेभित्र मस्यौदा बनाउन सहयोग गर्ने निर्णय गरेको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

‘मस्यौदा समितिमा रहेका सदस्यहरुले पनि आ-आफ्नो ठाउँबाट संविधान बनाउन सकारात्मक दवाव दिने कुरा छ,’ उनले भने ।

बैठकमा मस्यौदा समितिमा अहिलेसम्म भएका छलफल र प्रगतिबारे पनि छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?