Comments Add Comment

खेत रोपाइँमा विनितालाई दही-चिउरा खाँदा रमाइलो(फोटो फिचरसहित)

binita-and-pabitra
भोली असार १५ । कृषीप्रधान देश नेपालमा अब धान रोपाइँको सुरुवात हुँदैछ । असार १५ बाट त देशभर धान रोपाइँ धमाधम सुरु हुन्छ । धान रोपाइँको रमाइलो नै बेग्लै छ । बर्षभरी खानका लागि किसानले दुख गरेर धान रोप्छन् । अर्कोतिर, असार १५ मा दही चिउरा खाने प्रचलन पनि छ ।

कृषी पेशामा लागेकी नायिका विनिता बराललाई पनि धान रोप्ने चटारो छ । विनिताले टोखामा लिएको जग्गामा यसपटक धान नै रोप्ने तयारी गरिएको छ । भूकम्प पीडितहरु बसेपछि उनको तरकारी खेती यसपटक भएन । जसकाकारण यो बर्ष धान रोपाइँको तयारी गरेको उनले बताइन् ।
pabitra-acharya pabitra-and-binitaचितवन घर भएकाले पनि विनिता धान रोपाइँबाट टाढा छैनन् । धान र तोरीका लागि प्रख्यात मानिएको चितवनमा उनले सानैबाट हिलोमा रमाइलो गरेकी छिन् । उनलाई विशेषगरि धान रोपाइँको समयमा खाइने खाजा मनपर्छ । दही चिउरा, केराउ र आलुको तरकारी विनिताका लागि विशेष छ । बाउँसेहरुले गीत गाउँदै गर्दा हिलो खेल्न पनि उनलाई खुबै मनपर्ने रहेछ ।

अर्की नायिका पवित्रा आचार्यसँग मिलेर विनिताले असार १५ अगाडि नै खेत रोपाइँको अनुभव लिइन् । सुलोक निरञ्जनले खिचेका तस्बिरमा पवित्रा र विनिताले धान रोपाइँको अनुभव लिएका हुन् ।

दुबै कलाकारले तस्बिरका लागि भएपनि धान रोप्दा रमाइलो अनुभव भएको सुनाए । pabitra-dhan-ropdai

binita-and-pabitra-khet-rop

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment