+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

माधव नेपाल पक्षले तमासा देखाएको ओलीको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७२ असार १४ गते १८:५०

Kp oli  (2)

१४ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट माधवकुमार नेपाल पक्षले होटलमा भेला गरेर तमासा देखाएको टिप्पणी गरेका छन् । साथै उनले कुनै समस्या भए विधिसम्वत रुपमा राख्न पार्टीमा राख्न आग्रह गरेका छन् ।

मदन भण्डारीको ६३ औं जन्मजयन्तीको अबसरमा काठमाडौंमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले भने-‘केही मान्छे हस्ताक्षर र भेला गर्दै हिडेको सुनेको छु । विधिको कुरा गर्ने अनि गुटको भेला गर्दै हिड्ने ?’

एमाले अध्यक्ष ओलीले खेलकुदमन्त्री पुरुषौतम पौडेललाई हटाउने तयारी गरेपछि नेता माधवकुमार नेपाल पक्षले भेला गरेर हस्ताक्षर संकलन गरेको छ ।

माधवकुमार नेपालले पौडेललाई हटाए भूकम्प ल्याउँछु भनेकोतर्फ संकेत गर्दै ओलीले भने-‘केही मान्छेले भूइँचालो ल्याउँछु भनेको सुन्छु । छक्क पर्छु । के चाहिन्छ ? बैठक चाहिन्छ भने पोलिटब्यूरो, केन्द्रीय समिति बोलाउन तयार छु ।’

ओलीले खेलकुदमन्त्रीले आफूले नगर्न भनेको काम गरेकाले समस्या भएको बताए । पौडेलको नाम नलिई उनले भने-‘एकजना मन्त्रीलाई मैले त्यो काम नगर्नु भनेको थिएँ । मैले भन्दाभन्दै गरेपछि किन गरेको भनेर सोध्दा गल्ती भयो भने ।’

उनले कुनै मन्त्री मनपरी ढंगले चल्न नसक्ने र गुटको आधारमा नियुक्ति गरेर नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?