Comments Add Comment

कृषिमन्त्री पराजुलीको हर्कतबारे संसदमा विरोध, कारवाही गर्न माग

१६ असार, काठमाडौं । कृषिमन्त्री हरिप्रसाद पराजुलीले मंगलबार मुलपानीमा महिलाहरुमाथि अभद्र व्यवहार गरेको भन्दै बुधबार व्यवस्थापिका संसदको बैठकमा कुरा उठेको छ ।

Hari-parajuli-2

  • मुलपानीमा कृषि मन्त्री हरिप्रसाद पराजुली महिलासँग

१६ असार, काठमाडौं । कृषिमन्त्री हरिप्रसाद पराजुलीले मंगलबार मुलपानीमा महिलाहरुमाथि अभद्र व्यवहार गरेको भन्दै सभासदहरुले कारबाहीको माग गरेका छन् ।

व्यवस्थापिका संसदको बुधबारको बैठकमा प्रमुख विपक्षी एकीकृत नेकपा माओवादीसहितका दलका सभासदहरुले मन्त्रीको हर्कतको आलोचना गरेका हुन् ।

बैठकमा सभामुखसँग विशेष समय लिएर बोल्दै एमाओवादी सभासद जनार्दन शर्मा ‘प्रभाकर’ ले कृषिमन्त्रीले सार्वजनिकस्थलमा गरेको व्यवहारले सबै नेपालीको शीर निहुरिएको बताए ।

उनले यसबारे सरकारले जवाफ दिनुपर्ने बताए । ‘कृषिमन्त्रीले महाजात्रा गर्नुभयो, ठूलो पदमा बस्दैमा सार्वजनिक स्थलमा अभद्र ब्यवहार प्रस्तुत गर्नु निन्दनीय र गम्भीर आपत्तीजनक छ’ एमाओवादी सभासद शर्माले सरकारसँग प्रश्न गरे-‘के ठूलो पदमा बस्दैमा मर्यादा मिच्न पाइन्छ ?’ 

बैठकमा नेपाल मजदुर किसान पार्टीका सभासद अनुराधा थापाले मन्त्री पराजुलीलाई कारबाही गर्न माग गरिन् ।

धान दिवसको अबसरमा कृषि विभागले काठमाडौं मुलपानीमा गरेको रोपाइँ कार्यक्रममा मन्त्री पराजुलीले अश्लिल हर्कत देखाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment