Comments Add Comment

विकास बोर्ड १५ बर्षमा, मन्त्रीले भने-‘कलाकार र नेता उस्तै’

deepa-and-mantri

नेपाल चलचित्र विकास बोर्डले आफ्नो स्थापनाको १५ औं बाषिर्कोत्सव मनाएको छ । आज बोर्डको सभा हलमा आयोजना भएको एक कार्यक्रममा बोर्डले विभिन्न चलचित्रकर्मीलाई सम्मान गर्दै बाषिर्कोत्सव मनाएको हो ।

सूचना तथा संचारमन्त्री डाक्टर मिनेन्द्र रिजालले कार्यक्रममा चलचित्रकर्मी र राजनीतिक दल उस्तै भएको बताए । आफ्नो कार्यकाल धेरै लामो नभएको भन्दै मन्त्री रिजालले चलचित्रकर्मीसँग मनका कुरा साटेका थिए । उनले चलचित्रकर्मीले पनि काम गर्न नसक्ने र गाली गर्न पनि नछाड्ने भन्दै नेताहरुमा पनि यस्तै प्रवृत्ती देखिएको टिप्पणी गरे ।

उनले चलचित्रकर्मीलाई आफूले बनाएको चलचित्र कस्तो छ भनेर हेर्न आग्रह गर्दै सरकारले मात्र गरेन भनेर गाली नगर्न आग्रह गरे । चलचित्र नीतिगत कुरा नभएर मात्र अगाडि नबढेको हो भनेर सुख नपाइने मन्त्रीले बताए । उनले आफ्नो कार्यकालमा चलचित्र क्षेत्रका लागि केही काम गर्न खोजेको पनि बताए ।

चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राइले अब विकास बोर्डले गती लिने भन्दै चलचित्रकर्मीको परिचय पत्रदेखि अभिलेख राख्ने कामलाई अगाडि बढाउने बताए । उनले यही महिना भित्र ‘राष्ट्रिय चलचित्र पुरस्कार’को आयोजना गर्ने पनि बताए ।

चलचित्र क्षेत्रका विभिन्न हस्ती, विभिन्न संघसंस्थाका प्रतिनिधी र कलाकारको उपस्थितीमा बोर्डले बाषिर्कोत्सव मनाएको हो । कार्यक्रममा बोर्डले कर्मचारीहरुलाई पनि पुरस्कृत गर्‍यो । पुरस्कृत हुनेहरुमा गिरिस चन्द, दिनेश बाँनिया, राजेश चालिसे छन् ।

उनीहरुलाई नगद २० हजार सहित सम्मान गरियो । यस्तै, बोर्डले यसै बर्षदेखि अन्तरराष्ट्रिय रुपमा नेपाललाई प्रतिनिधित्व गर्ने चलचित्रकर्मी र चलचित्रलाई पनि सम्मान गर्ने थालनी गरेको छ । विश्वकै कान्छा निर्देशक सौगात बिष्टदेखि साँघुरो, झोला, मैना, हाइवे, बोक्सी, वल्र्ड कप इन नेपाल, पल, सुनगाभा, कबड्डी, द मिरर, स्विकार लगायतका चलचित्रका चलचित्रकर्मी सम्मानित भएका थिए ।

कार्यक्रममा बोल्ने अधिकांश चलचित्रकर्मीले बोर्डले बक्स अफिस लागू, राष्ट्रिय चलचित्र नीति लागू गर्न कामलाई अगाडि बढाउनु पर्ने बताए । board-ko-barsikhutsav

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment