Comments Add Comment

राप्रपा नेपालको नाराबाजीका बीच संविधान मस्यौदामाथि छलफल जारी

१९ असार, काठमाडौं । राप्रपा नेपालका सभासदहरुको अबरोध र नाराबाजीका बीच संविधानसभामा संविधानको प्रारम्भिक मस्यौदामाथिको छलफल जारी रहेको  छ ।

फाइल तस्वीर
फाइल तस्वीर

यसअघि दुई बैठकमा रोष्टम अगाडि पलेटी कसेर अवरोध सिर्जना गरेका लोक जनशक्ति पार्टीका सभासद विश्वेन्द पासवानले भने शनिवारबाट पछि हटेका छन् ।

उनले संविधानसभा बैठकमै आफ्ना धारणा राख्दै दलितका अधिकार कुण्ठित गर्न खोजिएकाले आफूले मस्यौदाको विरोध गरेको बताए । पासवानले कांग्रेस एमाले लगायतका दलका सभासदको आग्रहमा आफूले धर्ना छाडेका बताए ।
उनले मुलुकमा संविधान बनोस भनेर आफूले धर्ना दुई दिनका लागि स्थगित गरेको बताए ।

बैठकमा सभासदहरुले आ आफ्ना धारणा राख्ने क्रम जारी रहेकेा छ । राप्रपा नेपालका सभासदहरुले नारबाजी जारी राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment