Comments Add Comment

संविधानको पहिलो मस्यौदामाथिको छलफल सकिँदै

२२ असार,काठमाडौं । संविधानसभामा संविधानको प्रारम्भीक मस्यौदामाथिको छलफल आज सकिँदैछ । मस्यौदामाथि असार १९ देखि सैद्धान्तिक छलफल शुरु भएको थियो ।

फास्ट ट्र्याकबाट संविधान जारी गर्न नियमावली निलम्बन गरेर अघि बढेको संविधानसभाले सभासदहरुलाई बढिमा ३ मिनेट बोल्ने समय दिएर समय कटौति गरेको छ ।

फाइल तस्वीर
फाइल तस्वीर

यसबीचमा करीव चार सय सभासदले मस्यौदामाथि आ-आफ्नो धारणा राखिसकेका छन् । छलफलको समय लम्बिन नदिन विहान ८ देखि राति १० बजेसम्म बैठक सन्चालन भइरहेको छ ।  बोल्न चाहने सभासदहरु सबैले धारणा राखि सकेपछि सो मस्यौदालाई सैद्धान्तिक सहमति दिई जनताको प्रतिक्रियाका लागि पठाउन बाटो खुल्ने छ ।

जनताको प्रतिक्रियाको निमित्त नेपाल राजपत्रमा प्रकाशित गरियोस भन्ने प्रस्तावमाथिको छलफल आजै सकिने संविधानसभा सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले बताए ।

आजै सभासदले बोल्ने क्रम सकिएपछि सभाध्यक्ष सुवास नेम्वाङले बिधेयकको पहिलो मस्यौदालाई सैद्धान्तिक सहमति दिई जनताको प्रतिक्रिया प्राप्त गर्नका निमित्त राजपत्रमा प्रकाशित गरि सार्वजनिक गरियोस भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्नेछन् ।

सो प्रस्ताव पारित भएपछि संविधानको पहिलो मस्यौदा औपचारिक रुपमा जनमतका लागि जाने बाटो खुल्नेछ ।
बैठकले जनमत संकलनपछि प्रतिवेदन बुझाउने समयाबधी समेत तोकिनेछ । मस्यौदामाथि जनमत संकलन गर्ने समय बढिमा दुई साता दिन लागिएको स्रोतले जनाएको छ ।

साउन १५ मा संविधान जारी गर्ने गरि सो समय तोक्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment