Comments Add Comment

फेसबुकमा ३५ महिलालाई पिरोल्ने वाल्मिकी पक्राऊ

Rahul-Balmiki

२३ असार, काठमाडौं । महिलाहरुको समाजिक सञ्जाल फेसबुक हृयाक गरेर मानसिक यातना दिने युवक पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले नेपालगञ्जका २३ वर्षे राहुल वाल्मिकीलाई पक्राउ गरेको हो ।

पेशाले नृत्य प्रशिक्षक रहेका उनलाई नेपालगञ्ज १२ बाट पक्राउ गरिएको हो ।  प्रहरीका अनुसार उनले कलेजमा अध्ययनरत छात्रा र मोडलिङमा काम गर्ने महिलाहरुको फेसबुक हृयाक गरेको पाइएको छ ।

उनले फेसबुक हृयाक गरेर अश्लील तस्वीर, भिडियो राख्ने तथा गोपनियता भङ्ग गरिदिन्छु भन्दै मानसिक यातना दिने गरेको पाइएको छ ।
पीडितमध्येकी सामाखुसी बस्ने एक युवतीले भनिन्-‘मेरो फेसबुक हृयाक भयो, मैले साथीको एकाउन्टबाट के चाहियो भन्दा रिप्लाइ आएन ।’

उनका अनुसार राहुल बाल्मिकीले प्रहरीमा उजुरी गरे अश्लील भिडियो बनाएर सार्वजनिक गर्ने धक्की समेत दिएका थिए । आईटीबारे चासो राख्ने राहुल बाल्मिकीले सुरुमा एक महिलाको फेसबुक हृयाक गरेका थिए ।

त्यसबाट अन्य महिला र पुरुषलाई फ्र्रेण्ड रिक्वेस्ट पठाएर आफूले सौन्दर्य प्रतियोगितामा भाग लिएको र भोटिङका लागि भन्दै कोड पठाउने गरेका थिए ।  हृयाक गरेपछि पीडितलाई मानसिक यातना दिने उनले केहीसँग भने १००० रुपैयाँको रिचार्ज कार्ड समेत माग्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उनीविरुद्ध सुरुमा ८ जनाको उजुरी आएको थियो । अहिलेसम्म उजुरी दिनेको संख्या ३५ नाघेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment