Comments Add Comment

साहरुख आफै सुपरस्टार, आफै फ्यान(भिडियो)

srk-in-fan
यशराज ब्यानरको निर्माणमा तयार भएको चलचित्र ‘फ्यान’को टिजर सार्वजनिक गरिएको छ । यशराज ब्यानरले अकस्मात यो चलचित्रको टिजर सार्वजनिक गर्दै सन् २०१६ को अपि्रल १५ लाई प्रदर्शन मिति तोकेको छ ।

मनिष शर्माको निर्देशनमा तयार भएको यो चलचित्रको टिजरले २४ घन्टा नपुग्दै करिब १० लाखले हेरिसकेका छन् । सामाजिक संजालमा चलचित्रको टिजरलाई लिएर खुबै उत्साह पनि मिलेको छ ।

चलचित्रमा नायक साहरुख खानलाई दोहोरो भूमिकामा देखाइएको छ । चलचित्रमा साहरुखलाई दुनियाँका सवैभन्दा ठूलो सुपरस्टारको रुपमा देखाइएको छ । यस्तै साहरुख नै गौरव नामका फ्यानको रुपमा देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment