Comments Add Comment

सन्दर्भ टी-२० : यतिमै खुशी हुने अवस्था छैन, अग्निपरीक्षा बाँकी छ

मनिष खड्का

साथीहरु, हिजोको नेपालको जितलाई कसरी लिनुहुन्छ तपाईहरु ? नेपालले जित्नु मेरा लागि सबैभन्दा ठूलो खुशीको कुरा हो । किनकि म नेपाली हो र म नेपाली क्रिकेटलाई सम्मान गर्छु, माया गर्छु ।

Manishतर, हिजोको खेल हेर्दा मन खिन्न भएको छ । टी-२०मा १२२ रनको लक्ष त्यति धेरै ठूलो होइन । तैपनि नेपाललाई जितका लागि अन्तिम २ बल बाँकी रहँदासम्म कुर्नुपर्‍यो । यो नेपाल र नेपाली समर्थकका लागि त्यति राम्रो कुरा भने पक्कै होइन ।

ओपनर सागर पुन निकै छिटो व्यक्तिगत ६ रनमै आउट भए पनि सुवासको स्थानमा ओपनिङमा उतारिएका अनिल मण्डल र उपकप्तान ज्ञानेन्द्र मल्लले दोस्रो विकेटका लागि ७८ रनको साझेदारी गरे, जसले जितको आधार खडा गर्‍यो ।

जसरी हिजो नेपालका ब्याट्सम्यानहरुले डिफेन्सिफ खेल प्रस्तुत गरे, त्यो प्रशंसनीय छ । जसका कारण छिटो विकेट र्झन पाएन । तर १५ ओभरको खेल सकिएपछि जति आक्रामक शैलीमा खेल्नुपर्ने हो त्यो खेलमा देखिएन ।

टी-२० मा पावर प्ले र अन्तिम ४ ओभर निकै बढी रन बटुल्न सकिने अवसर मानिन्छन् । अन्तिममा पनि नेपालले डिफेन्सिफ नै खेल्यो, जसले नेपाली समर्थक चुकचुकाए कतै नेपाल पराजित त हुँदैन ।

हो, प्रतियोगितामा सहभागी अन्य टिमभन्दा नेपालको ब्याटिङ लाइन कमजोर नै छ । यति भनेर हामीले सुख पाउने अबस्था पनि छैन । किन कि हामीले अझै ठूलो अग्निपरीक्षा दिनै बाँकी छ ।

हुन त बाहिर बसेर गाली गर्नु, यस्तो भएन, उस्तो भएन भन्नु, खेलाडीको धज्जी उडाउन सजिलो छ । खेलमा आफ्नै कठिनाइ होलान्, कमजोरी होलान्, प्राविधिक समस्या होलान्, तैपनि नेपालले राम्रो खेलोस् भन्ने सबैको चाहना अवश्य हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment