Comments Add Comment

हराइन् राजेन्द्रकी छोरी रागिनी, ईश्वरी पनि चम्किइनन्

ragini-khadki
नेपाली चलचित्रमा लागेका चलचित्रकर्मीका छोराछोरी अहिले धमाधम यही क्षेत्रमा लाग्दैछन् । नायक भूवन केसीका छोरा अनमोल केसी हुन् या शोभितका छोरा सलोन बस्नेत नै किन नहुन्, नयाँ पुस्ताले चलचित्रलाई नै आफ्नो  पेशा बनाइरहेको छ ।

तर, केही कलाकर्मीका छोराछोरी भने यो क्षेत्रमा लागेर चल्न सकेनन् र हराएका छन् । हुनत, यो सूची नेपाली चलचित्रमा लामो छैन ।

चलचित्र ‘दुलही रानी’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्दा चर्चित द्वन्द्व निर्देशक राजेन्द्र खड्गीकी छोरी रागिनी खड्गीको चर्चा खुबै थियो । चलचित्र क्षेत्रमा उनले पनि केही गर्छिन् है भन्नेहरु धेरै थिए । तर, उनको चलचित्र यात्रा लामो समयसम्म टिक्न सकेन । केही चलचित्रमा अभिनय गरेपछि रागिनी अहिले चलचित्र क्षेत्रबाट टाढा  जस्तै छिन् । राजेन्द्र खड्गीले आफै चलचित्र निर्देशन गरे, ‘नोथिङ इम्बोसिबल’ ।

यो चलचित्रमा राजेन्द्रको परिवार नै देखियो । तर, यो चलचित्र असफल भएपछि सबैको करिअर ओरालो लाग्यो ।

रागिनी खड्गीले केही म्यूजिक भिडियो र चलचित्रमा अभिनय गरिन् । तर, पनि उनको करिअर उकालो लाग्न सकेन । राजेन्द्र खड्गीले चलचित्रमा बनाएको एउटा क्रेज र चर्चा रागिनीले जोगाउन सकिनन् ।
चलचित्र ‘१६ बर्षे जोवन’मा नायिकाको रुपमा काम गरेपनि इश्वरी प्रधानले थुप्रै चलचित्रमा बाल कलाकारको रुपमा काम गरेकी थिइन् ।

तर, इश्वरी नायिका भएको चलचित्र चलेन । यसपछि उनले चलचित्र क्षेत्रमा फेरि काम गर्ने सोच बनाइनन् । अमेरिकामा नै बिहे गरेर बसेकी इश्वरीले आफ्नै बाबु शम्भु प्रधानले केही समय अगाडि बनाएको चलचित्र ‘रंग बैजनी’मा काम नगर्ने बताएकी थिइन् । शम्भु यो चलचित्रमा इश्वरी र रेखा थापालाई लिन चाहन्थे । तर, इश्वरीले नमानेपछि अन्त्यमा उनले गरिमा पन्त र सुमिना घिमिरेलाई नायिका बनाए ।

हुनत, अझै पनि चलचित्रकर्मीका छोराछोरीलाई नेपाली चलचित्र क्षेत्र भविष्य कोर्ने बाटो बन्न सकेको छैन । नायक शिव श्रेष्ठकी छोरी सोना श्रेष्ठले ‘मै छोरी सुन्दरी’ बोलको गीतमा उत्तेजक नृत्य गरेर चर्चा कमाइन् । तर, उनी नेपाली चलचित्रमा भने देखिइनन् । निर्देशक तुलसी घिमिरेकी छोरी पनि निर्देशक बन्ने चर्चा थियो । तर, आजसम्म उनको रजतपटमा प्रवेश भएको छैन ।

हुनत, अहिले केही चलचित्रकर्मीका छोराछोरीले चलचित्रलाई नै करिअर बनाउने सोचका साथ अगाडि बढेका छन् । तर, केहीका भने आएको केही समयमा नै हराएका छन् । चलचित्रमा आएका र चलेका नायिका पनि धमाधम विदेशतर्फ लाग्न थालेपछि अहिले फेरि चलचित्र क्षेत्रको बारेमा धेरैको सोच दोधारमा परेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment