Comments Add Comment

‘लिभिङ टुगेदर’ र ‘ब्वाइफ्रेण्ड’ले बलात्कारमा वृद्धि

३१ असार, काठमाडौं । युवा पुस्तामा ब्याइफ्रेण्ड तथा गर्लफ्रेण्ड बन्ने/ बनाउने कुरा अब नौलो रहेन । लिभिङ टुगेदरको संस्कृति पनि युवा पुस्तामा निकै झाँगिएको छ ।

तर, यसले बलात्कारका घटना बढाएको पाइएको छ । नेपाल प्रहरीका अनुसार पछिल्ला केही वर्षमा उपत्यकामा बलात्कारको घटनाको दर बढ्दो छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार गम्भीर अपराधका घटनामा केही कमी आएपछि बलात्कारका घटना भने बढेको छ । परिसर प्रमुख एसएसपी उत्तम कार्कीले भने-‘यो निकै गम्भीर विषय हो ।’

rape

गत वर्षको साउन १ देखि बिहीबारसम्म परिसरमा बलात्कारका ९४ घटना दर्ता भएका छन् । जुन, अघिल्लो वर्षको भन्दा बढी हो । आर्थिक वर्ष २०६९/७० मा ६७ र २०७०/७१ मा ८४ बलात्कारका घटना दर्ता भएका छन् ।

एसएसपी कार्कीका अनुसार उजुरी गर्ने प्रवृत्ति बढ्नुका साथै लिभिङ टुगेदर र ब्याइफ्रेण्ड-गर्लफ्रेण्ड बनाउने प्रचलनले पनि बलात्कारका घटना बढेका छन् । उनले भने-‘८/१० कक्षा पढ्दा नै ब्याइफ्रेण्ड-गर्लफ्रेण्ड बनाउने र शारीरिक सम्बन्ध राख्छन् । अभिभावकले थाहा पाएपछि यो बलात्कारका घटनामा पर्छन् ।’

मुलुकी ऐनको जवरजस्ती करणी महलअनुसार २० वर्षभन्दा कम उमेरका युवतीसँग सहमतिमै शारीरिक सम्वन्ध राखे पनि जबर्जस्ती करणीमा ठहर्छ ।

यस्तै लिभिङ टुगेदर अर्थात अविवाहिक केटा केटासँग बस्ने र मन नमिलेपछि बलात्कारका उजुरी पर्ने गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंमा यो आर्थिक वर्षमा ४ हजार ६०१ अपराधका घटना दर्ता भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment