Comments Add Comment

राहत दुरुपयोग हुँदैनः प्रधानमन्त्री कोइराला

PM

१ साउन, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले भूकम्प पीडितको राहतका लागि आएको रकम दुरुपयोग नहुने बताएका छन् ।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा मिलवाकी नेपाली परिवार र मासाचुसेट व्याडमिण्टन संघले प्रदान गरेको राहत रकम बुझ्दै प्रधानमन्त्रीले पीडितका लागि आएको राहत रकम र सामग्री पीडितले नै पाउने र यसको दुरुपयोग नहुने बताए ।

भूकम्प पीडित नेपालीहरुको राहत र पुनस्थापना कार्यलाई सघाउन अमेरिकाको विल्किन्सनस्थित मिल्वाकी नेपाली परिवार इन्क र मासाचुसेट व्याडमिण्टन संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम प्रदान गरेका छन् ।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा मिल्वाकी संस्थाकी बोर्ड अध्यक्ष डा. कल्याणी राईले ६० हजार अमेरिकी डलरको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेकी छन् ।

त्यस्तै शुक्रबारै कैलाली जिल्ला व्याडमिण्टन संघका अध्यक्ष महेश शाहले  प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा मासाचुसेट व्याडमिण्टन संघबाट प्राप्त ६ लाख ५४ हजार ७ सय ७६ रुपैया (६ हजार ३ सय ७६ अमेरिकी डलर)को चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment