Comments Add Comment

कती चाडै प्रियंका दिपककी मनपर्ने नायिका, दीपाकी मुटुको टुक्रा

priyanka-and-dipa
नेपाली चलचित्रमा कलाकारको सम्बन्ध पनि कहिले बन्छ र कहिले टुक्रन्छ भन्नै सकिदैन । चलचित्र ‘६ एकान ६’ निर्माण हुँदा कलाकार तथा निमात्री दीपाश्री निरौलाकी प्रिय थिइन् नायिका नीता ढुंगाना । दीपा र नीताका विभिन्न पोजका तस्बिर सामाजिक संजाल र मिडिया पुगेको समयमा खिचिन्थ्य ।

तर, चलचित्र चलेर हलसम्म आइपुग्दा निर्मात्री र नायिकाको सम्बन्ध बिग्रियो । बाहिर राम्रो छ भनेपनि भित्री रुपमा यिनीहरु नजिक हुन सकेनन् ।

अब, उनै दीपाको निकट भएकी छिन् अर्की नायिका प्रियंका कार्की । आज आयोजित चलचित्र ‘वडा नम्बर ६’को एक गीत सार्वजनिक कार्यक्रममा प्रियंकाले निर्मात्री दीपालाई आफ्नो मुटुको टुक्रा भन्दै फुर्काइन् । दीपा पनि के कम, नजिकैबाट उनलाई माया दर्शाइन् ।

चलचित्र बनेर प्रदर्शनमा नआउँदै प्रियंकाका लागि दीपा मुटुको टुक्रा भैसकेकी रहिछन् । कार्यक्रममा बोल्ने समय आउँदा दीपाले पनि आफ्नो मुटुको टुक्राले बोलिसकेकाले नबोल्ने भनिन् ।

यता, अर्का निर्माता दिपकराज गिरीले पनि प्रियंकालाई अजबकै प्रेम देखाए । चलचित्रमा यी नायिका लिनुको कारण प्रियंका उनलाई मनपर्ने रहिछन् । प्रियंकाको पहिलो चलचित्रदेखि नै आफू फ्यान भएको भन्दै उनले नायिकालाई मख्ख बनाइदिए ।

हुनत, चलचित्रको प्रचारका लागि कलाकारले यस्ता खालका सम्बन्ध बनाउने र टुटाउने गर्छन् । अब, हेर्न यो बाँकी छ कि दिपक र दीपाको प्रियंकाप्रतिको यो मोह चलचित्र चलुञ्जेलसम्म रहन्छ या पछिसम्म ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment