Comments Add Comment

सिटौलाज्यू ! संविधानमा ‘मैथुनसम्बन्धी अभिमुखीकरण’ किन ?

५ साउन, काठमाडौं । हाम्रा नेताहरुले ८ वर्ष लगाएर लेखेको संविधानमा केही उदेकलाग्दा शब्दहरु परेका छन् । कृष्णप्रसाद सिटौलाको नेतृत्वमा तयार पारिएको संविधानको मस्यौदामा ‘यौनिक अभिमुखीकरण’ लाई पनि समानताको हक प्रदान गरिने उल्लेख गरिएको छ ।

Krishna-sitaula

के हो यौनिक अभिमूखीकरण ? वसन्तकुमार शर्म्मा  नेपालकृत ‘नेपाली शब्दसागर’मा यौनिकको अर्थ ‘मैथुनक्रिया सम्बन्धी, यौनबाट, योनीबाट उब्जेको’ लेखिएको छ ।

प्रस्तावित संविधानको धारा २३ मा समानताको हक सम्बन्धी मौलिक हकको प्रावधान राखिएको छ । त्यसको उपधारा २ मा धर्म, वर्ण, जात, जाति, लिङ्ग र ‘यौनिक अभिमुखीकरण’ भाषा, क्षेत्र इत्यादि आधारमा भेदभाव नगरिने उल्लेख छ ।

संविधानमा ‘यौनिक अभिमुखीकरण’ नयाँ शब्दावलीको प्रयोग भएको छ, शब्दकोषका आधारमा भन्नुपर्दा यसको अर्थ मैथुन क्रिया (संभोग) का आधारमा सबैलाई समानताको हक प्राप्त हुनेछ ।

संविधानमा यो शब्द झुक्किएर मात्रै किन परेको होइन भने उपधारा ३ मा समेत सोही शब्दको प्रयोग गरिएको छ ।

तर, सोही उपधाराको अन्त्यमा ‘यौनिक अल्पसंख्यक’ भन्ने शब्दावली प्रयोग भएको छ, जसले तेस्रो लिंगीहरुको अधिकारलाई प्रतिविम्वित गर्छ ।

यसैवीच नेपाल बार एशोसिएसनले मस्यौदाको धारा २३ को उपधारा २ बाट ‘यौनिक अभिमुखीकरण’ भन्ने शब्द हटाउन माग गरेको छ । उपधारा ३ को कुरा २ मै आएकाले उपधारा ३ पूरै हटाउन बारले माग गरेको छ ।

नेपालको ‘शत्रु देश’ कुन हो ?

संविधानको मस्यौदाको धारा २८ मा यस्तै अनौठो पदावलि छ । निवारक नजरबन्दविरुद्धको हक सम्वन्धी उक्त धारामा नेपालको सार्वभौमसत्ता र अखण्डता वा सार्वजनिक शान्ति र व्यवस्थामा तत्काल खलल पर्ने पर्याप्त आधार नभई कसैलाई पनि निवारक नजरबन्दमा राखिने छैन भनिएको छ ।

साथै उपधारा २ मा उपधारा १ अनुसार नजरबन्दमा भएका व्यक्तिको स्थितिबारे परिवारका सदस्य वा नजिकका नातेदारलाई जानकारी दिनुपर्ने उल्लेख छ ।

‘तर, शत्रु देशको नागरिकको हकमा यो उपधारा लागू हुने छैन ।’ भनिएको छ ।

नेपाल बार एशोसिएसनले मइौदामा रहेको ‘शत्रु देश’को पदावलीसमेत हटाउन माग गरेको छ ।

नेपालले अहिलेसम्म कुनै पनि देशलाई शत्रुदेशका रुपमा किटानी नगरेको अवस्थामा ‘शत्रु देश’ भन्ने पदावली संविधानमा अनौठो ढंगले परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment