Comments Add Comment

तब्बुले भनिन् ‘आमा बन्न तयार छु’

Tabu-Hot-Bikini-Photo

मुम्बई । पछिल्लो समय नायकको आमाको भूमिका निर्वाह गर्न थालेकी तब्बुले आमाको भूमिका निर्वाह गर्न आपत्ति नभएको बताएकी छिन् । तर, उनले आफुलाई आमा बनाउन चाहने निर्देशकलाई पहिल्यै सर्त राख्ने गरेकी छिन् डे्रसअप ग्ल्यामरस हुनुपर्छ ।

उनको भनाई अनुसार अहिलेका आमाहरु पहिलाका तुलनामा फेरिएका छन् । तसर्थ आमाहरुको बद्लिंदो छबीलाई हरेक निर्देशकले ध्यान दिनुपर्छ । चलचित्र ‘हैदर’ मा साहिद कपुरको आमा बनेकी तब्बुले निकै राम्रो अभिनय गरेकी थिईन् । जय हो र दृष्यममा पनि पनि उनि आमाकै भुमिकामा देखिदैछिन् ।

दुई पटक नेशनल अवार्ड पाएकी तब्बु ले ‘फितुर’ मा पनि रेखालाई रिप्लेश गर्ने भएकी छिन् । फितुरमा भुमिका दमदार भएकाले अभिनय गरेको उनको भनाई छ । उनको भनाई अनुसार अब आमाको भुमिका पनि च्यालेन्जिङ हुनुपर्छ ।

चुनौतिपूर्ण भुमिका निर्वाह गर्न चाहने तब्बुले निर्देशकलाई आग्रहको भाषामा भन्ने गरेकी छिन् ‘स्क्रिप्ट लेख्दा छोरी र बुहारी मात्रै हैन आमाको चरित्रलाई पनि ध्यान दिनुहोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment