Comments Add Comment

नखेलेपनि अनमोलले दिए ‘होस्टेल’को सिक्वेलमा साथ

hostel-returns-with-anmol
नायक अनमोल केसीले आफ्नो चलचित्र करिअर ‘होस्टेल’बाट गरेका थिए । यो चलचित्र सफल भएसँगै हजारौ यूवायूवतीको दिलमा बसेका अनमोल उदाउँदा सुपरस्टारको रुपमा चर्चित छन् ।

अनमोलले दोश्रो चलचित्रको रुपमा खेलेको ‘जेरी’ पनि अत्याधिक सफल भयो । उनै अनमोल ‘होस्टेल’को सिक्वेल ‘होस्टेल रिटन्र्स’मा नदेखिएपछि बजारमा विभिन्न खालका चर्चा भए । हिट चलचित्रको सिक्वेलमा अनमोल नदेखिनुलाई उनीसँग निर्माता सुनिल रावलको सम्बन्ध बिगि्रएको चर्चा पनि गरियो ।

सुनिलले सिक्वेल चलचित्रमा नयाँ कलाकार सुशिल श्रेष्ठलाई लिएर काम गरे । अनमोल नहुँदा चलचित्रलाई ठूलो असर पर्छ पनि भनिएको थियो । तर, चलचित्र चल्ने छेकोमा निर्मातासँग आफ्नो सम्बन्ध नबिगि्रएको अनमोलले पुष्टी गर्न खोजेका छन् ।

उनले निर्माता सुनिलको अफिसमा पुगेर चलचित्रको प्रचारमा सहयोग गर्ने बताएका छन् । उनले नयाँ कलाकार सुशिलको कामको पनि प्रशंसा गरे । निर्माता सुनिल रावलले अनमोलसँगको भेटले उनीसँग निर्माणपक्षको सम्बन्ध बिगि्रएको भन्ने हल्लालाई गलत सावित गरिदिएको बताए । भदौ ४ गतेबाट चल्ने यो चलचित्र अहिले प्रतिक्षित छ । चलचित्रलाई सुरज भुषालले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment