Comments Add Comment

‘बजरंगी भाइजान’को ब्यापारले नेपाली निर्माता उत्साहित

salman-and-harshali-in-bajrकाठमाडौं । सलमान खान अभिनित हिन्दी चलचित्र ‘बजरंगी भाइजान’ले नेपालमा मात्रै चार करोडको ब्यापार गरेपछि नेपाली निर्माता उत्साहित भएका छन् ।

भूकम्पले गर्दा दर्शहरु हलमा जाँदैनन् भन्ने अनुमान गरेका निर्माता/निर्देशक बजरंगी भाइजानको ब्यापार देखेर निकै लोभिए । चर्किएको सिनेमा हलमा ठेलमठेल गर्दै ‘बजरंगी भाईजान’ हेर्ने दर्शक आएपछि फिल्म रिलिजको योजनमा रहेका निर्माता खुसी छन् ।

‘स्वादेशी होस या बिदेशी फिल्म चलेपछि नयाँ महोल सिर्जना हुन्छ ।’ ‘लभसब’का निर्माता सुशील पोखरेलले भने । भदौ २५ गते फिल्म रिलीज गर्ने तयारीमा रहेका पोखरेलले अरु एक दुई फिल्म चल्यो भने बजार अझै राम्रो हुने धारणा राखे । उनको भनाई अनुसार फिल्म चलेको खबरले हलमा गएर फिल्म नहेर्ने दर्शक पनि हलमा जान वाध्य हुन्छन् ।

गएको १२ बैशाखमा आएको भूकम्प र त्यसपछिको पराकम्पका कारण डेढ महिना भन्दा बढी काठमाडौंको सिनेमा हल बन्द भए । सिनेमा हल खुलेपनि हलको ब्यापार उत्साहजनक थिएन ।

भूकम्पको कारण सिंगल भन्दा मल्टिप्लेक्स हलहरु बढी प्रभावित भएका छन् । बजरंगी भाईजानको कलेक्सन हेर्ने हो भने मल्टिप्लेक्समै दर्शकको भीड बढेको छ ।

यसवाट के पनि पुष्टि हुन्छ भने ‘नेपाली दर्शकहरु सिनेमासंगै हलमा प्रयोग हुने साउण्ड, सिट लगायत अन्य गुणस्तरमा पनि सचेत हुन थालेका छन् ।’ एक निर्माताले भने ।

रेशम फिलीली, होस्टेल रिर्टन्स, भैरब, लभसब लगायतका चलचित्रले असोजसम्म प्रर्दशन मिती तोकिसकेका छन् । ब्यापार राम्रो भएपछि अब क्युमा बसेका अन्य निर्माता समेत प्रदर्शनका लागि हतारिने सम्भावना बढेको छ । यसअघि हलले माग्दा पनि निर्माताहरुले चलचित्र दिन मानेका थिएनन् ।

एउटा चल्दैमा अरु पनि चल्छ भन्नु भ्रम

नेपाली चलचित्र प्रदर्शनका सन्दर्भमा कुनै पनि विषयमा आजसम्म सामान्य अध्ययन समेत भएको छैन । नेपाली फिल्म किन चलेन वा किन चल्यो, किन यति धेरै चल्यो ? यी सब प्रसंगमा हचुवामा विश्लेषण हुँदै आएको छ आजसम्म ।

कुनै पनि चलचित्र राम्रो चल्दा निर्माता निर्देशकको तारीफ गर्ने चलन छ भने नचल्दा सिनेमा हल, वितरक र दर्शक समेतलाई दोष दिने चलन छ । ‘बजरंगी भाईजान’ले एकसातामा चार करोड कमायो भनेर उत्साहित नेपाली चलचित्रकर्मीले एकसातासम्म चलेको कुनै नेपाली चलचित्रले पोष्टर टाँसेको खर्च समेत नउठाएको पनि हेर्न जरुरी छ ।

अभिनेता एवं निर्देशक निखील उप्रेति भन्छन ‘कुनै पनि फिल्म चल्नका लागि त्यहि फिल्म राम्रो हुनुपर्छ । फिल्म गतिलो भएन भने जतिसुकै धेरै हल्ला गरेपनि चल्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment