Comments Add Comment

नीता र आमेष स्टुडियो उद्घाटनमा पनि एकसाथ

laaf design studio (7)
नायिका नीता ढुंगाना र नव-कलाकार आमेष भण्डारीको प्रेम त अब कसैको अगाडि पनि लुकेको छैन । चलचित्रमा एकसाथ काम गरेदेखि सुरु भएको यो जोडीको प्रेम चलचित्र हुँदै अब विभिन्न स्टुडियो उद्घाटनमा पनि देखिन थालेको छ ।

यो जोडी आज काठमाण्डौको लाजिम्पाटमा संचालनमा आएको ‘लाइफ डिजाइन स्टुडियो’ उद्घाटन गर्न पुगेको थियो । सुजन पन्थीले संचालनमा ल्याएको यो स्टुडियो उद्घाटन गर्न पुगेको यो जोडी एकअर्काको लागि सामान रोज्न पनि पछि परेनन् ।

नेपाली चलचित्र क्षेत्रमा केही सफल चलचित्र दिएकी नीता ढुंगाना र नयाँ चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’का मुख्य कलाकार आमेष भण्डारीको प्रेम भएको ३ बर्ष बढी भैसकेको छ ।

नीता र आमेषले हरेक कुरामा एकअर्कालाई साथ पनि दिदै आएका छन् । स्टुडियोको मूख्य उद्देश्य फेसन डिजाइनको क्षेत्रमा उच्चतम सम्भावनाहरुको प्रर्दशन तथा त्यसको अनुभव दिलाउनु रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment