Comments Add Comment

धरानमा ‘थाउजन बिग बुद्ध’बनाईने

११ साउन, धरान । दुई वर्षअघिदेखि पूर्वको पर्यटन विकास गर्न धरानमा निर्माण गर्ने भनिएको ‘थाउजन बिगबुद्ध’ निर्माण परियोजनाको प्रारम्भिक काम सुरु भएको छ ।
Bhudha
हङकङ नेपाली महासंघको पहलमा सुरु भएको परियोजना सञ्चालनकालागि महासंघ अध्यक्ष प्रदीप थापा मगरको अध्यक्षतामा सुर्योदय बुद्ध विहार धरान दर्ता गरेर नमूना बिग बुद्धका मूर्तिमा निर्माण, थ्रीडी निर्माण र डिजाईनको काम सुरु भएको छ ।

एक सय ७५ फिट अग्लो बुद्ध मूर्तिसँगै बुद्ध दर्शन अध्ययन केन्द्रका विभिन्न संरचना निर्माण गर्न करिब ९० करोड र साना १० हजार बुद्ध मूर्ति निर्माण गर्न ८ करोड लाग्ने अनुमान गरिएको छ । सरकारसँग एक पैसा नमागी दान र सहयोगबाटै परियोजना सफल बनाउने सुर्योदय बुद्ध विहारको योजना छ ।

बिगबुद्ध वरिपरि साना १० हजार बुद्ध मूर्तिहरु रहने र ति मूर्ति देशविदेशका दातालाई दान स्वरुप उनिहरुकै नाममा राख्न दिने योजना रहेको बिग बुद्ध परियोजनामा सक्रिय  भिक्षु मेधांकर (भिक्षु मगर)ले बताए । उनका अनुसार परियोजनामा हालसम्म करिब १० लाख खर्च भईसकेको छ भने दुई प्रतिशत काम भएको छ ।
Bhudha1
एक अर्ब खर्च हुने अनुमान गरिएको परियोजना सफल बनाउन आईतबार धरान उपमहानगरपालिका र सुनसरी उद्योग वाणिज्य संघको सहकार्यमा धरानमा अन्तरक्रिया भयो । कार्यक्रममा प्रतिवद्धता व्यक्त गर्दै धरानका विभिन्न राजनीतिक दलका प्रतिनिधी र पर्यटनकर्मीहरुले सबै मिलेर परियोजना सफल बनाउने बताए ।

अन्तरक्रियामा बोल्दै विराटनगरबाट आएका संस्कृतिविद् डा.सोमप्रसाद खतिवडाले यो परियोजनाले पूर्वको पर्यटनको विकास गर्न र मान्छेको जीवनस्तर उकास्न सहयोग पुर्‍याउने भएकाले सबै मिलेर साथ दिनु पर्ने बताए । उनले भने ‘यो परियोजनाले पूर्वलाई नै ठूलो फाईदा पुर्‍याउछ ।’

अन्तरक्रियामा इटहरीका पर्यटन व्यवसायी रविन गौतमले पनि बिग बुद्ध परियोजनाले पूर्वमा पनि बुद्ध पर्यटनको सम्भावना बढ्ने र देशविदेशका पर्यटक भित्रिने बताए ।

राजनीतिक दलका तर्फबाट बोल्दै नेपाली कांग्रेस धरान नगर अध्यक्ष किशोर राईले परियोजना सफल बनाउन सबै लागि पर्ने बताए ।

परियोजनाका लागि भेडेटार तलको छोटी मोरङ डाँडालाई हेरिएको र बिगबुद्ध बनाईने ठाउँ सरकारी वन क्षेत्र भएकाले आवश्यक समन्वयका लागि पहल भईरहेको धरान उपमहानगरपालिकाका वरिष्ठ प्रसासकीय अधिकृत गणेश खतिवडाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment