Comments Add Comment

खोला तर्दा पनि शुल्क तिर्नुपर्ने बाध्यता

Chhinchu-Jajarkot-Road-Feraबी.बी. गिरी
११ साउन, जाजरकोट । बर्षातका कारण छिन्चु-जाजरकोट सडकमा पर्ने खोला तथा नदीमा पुल नहुदा यात्रुले सास्ती खेप्नु परेको छ ।

स्थानीयले खोला तारिदिएबाफत् ५० रुपैयाँदेखि १ हजार रुपैयाँसम्म शुल्क लिन्छन् । बजारका होटल व्यवसायीले खोला तारिदिएवाफत् आफ्नो होटलमा खाना खाइदिनुपर्ने सर्त समेत राख्छन् ।

सडक कालोपत्रे भए पनि सडकमा पर्ने खोला तथा नदीमा पुल निर्माण हुन सकेको छैन । बाढी आएका बेला यात्रुले बिच बाटोमै अलपत्र बस्नु पर्ने बाध्यता हुन्छ । बलिया व्यक्तिहरुले जोखिम मोलेरै भए पनि खोला तर्छन् भने नसक्नेहरु बिचबाटोमै अलपत्र पर्छन् । पुल नहुदा यात्रुले ठाउँ ठाउँमा गाडी परिवर्तन गर्नुपर्ने हुन्छ । गाडी परिवर्तन गर्दा सामान वारपार गराउन सास्ती हुने गरेको यात्रुहरुको गुनासो छ ।

शुल्क तिर्दै खोला तर्दै

यो सडकको राकम-जाजरकोट खण्डमा पर्ने एक दर्जन खोलामा पुल निर्माण गरिएको छैन । खोला तर्न नसक्नेले शुल्क तिरेर तारी माग्नु पर्ने अबस्था छ ।

फेरा, खोदा सिम्ले, गोजी, सल्ली लगायतका खोला तराइदिएवाफत स्थानीयले शुल्क लिन्छन् । खोला तार्नेहरुले निर्धारण गरेको शुल्क अनुसार बोकेर तारेको १ सय रुपैयाँ र हात समातेर तारेको ५० रुपैयाँ लाग्छ । खोलामा मोटरसाइकल पनि बोकेर तार्ने गरिएको छ । मोटर साइकल तार्न १ हजार शुल्क निर्धारण गरिएको छ ।

त्यस्तै बजार क्षेत्रका ब्ययसायीले यात्रुलाई खाना आफ्नो होटलमा खानुपर्ने सर्तमा समेत खोला तार्ने गरेका छन् ।

खोला तर्न बालबालिका र बृद्ध बृद्धालाई हैरान हुने गरेको खलंगा ३ का रितेश कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment