Comments Add Comment

पारसलाई प्राइभेट वार्डमा सारियो

११ साउन, काठमाडौं । मुटुको शल्यक्रियापछि पूर्वयूवराज पारस शाहलाई सोमबार बेलुकी आइसियूबाट प्राइभेट वार्डमा सारिएको छ ।

मुटुको शल्यक्रियापश्चात स्वास्थ्य सामान्य हुँदै गएपछि उनलाई पाँच बजे वार्डमा सारिएको हो । वार्डमा सारेलगत्तै पूर्वराजपरिवारका सदस्यहरु पारसलाई भेट्न नर्भिक अस्पताल पुगेका छन् ।

Himani Shaha (5)

पारस पत्नी पूर्व यूवराज्ञी हिमानी ६ बजे छोरा र एक छोरीसहित अस्पताल पुगेकी थिइन् भने त्यसको आधा घन्टापछि पूर्वराजारानी पुगेका थिए । अस्पताल प्रवेश गर्दा हिमानी निकै गम्भीर मुद्रामा थिइन् । उनले एक घन्टा भन्दा लामो समय अस्पतालमा बिताइन् ।

पारसको उपचारमा संलग्न मुटुरोग विशेषज्ञ डा. भारत रावतले पारसको स्वास्थ्य हाल स्थिर रहेको बताए । उनले पर्सीसम्मा डिस्चार्ज गरिने जानकारी दिए । ‘अपरेसन गरेपछि २४ घन्टा मुटुको धड्कन मोनिटरिङ गर्‍यौं’ डा. रावतले अनलाइनखबरसित भने-‘सबैकुरा स्थिर रहेपछि वार्डमा सारिएको छ ।’

विगतमा दुईपटक हृदयघातको शिकार भएको पारसको मुटुमा आइतबार इम्प्लान्टेबल कार्डियोभेटर डेपि|mवेलेटर -सिआइडी) जडान गरिएको हो । यो विशेषप्रकारको पेसमेकर हो । मुटुको गति बन्द हुँदा वा तीव्र हुँदा दुवै अवस्थामा यसले काम गर्ने डा. रावतले बताए ।

Himani Shaha (3)

पारसलाई पहिलोपटक सन् २००७ मा हार्टअट्याक भएका थियो । त्यतिबेला मुटुको दायाँ धमनीमा स्ट्याण्ड लगाइएको थियो । सन् २०१२ मा बैंकमा दोस्रो हार्टअट्याक हुँदा देब्रे धमनीमा स्ट्याण्ड लगाइएको थियो ।

बैंककका डाक्टरहरुले त्यतिबेला नै सिआइडी जडान गर्नुपर्ने सुझाव दिए पनि पारसले नेपालमै गरौंला भनेर टारेका थिए । ‘यो कुनै समस्या उत्पन्न भएर अपर्झट गरिएको होइन’ डा. रावत भन्छन्-‘उहाँको पेन्डिङ काम जस्तै थियो, जून अहिले गरियो ।’ सिआइडी जडान गरेपछि राम्रो गुणस्तरको एमआरआइ गर्न सहज हुने पनि उनको भनाई छ । यद्यपि, अहिले एमआरआई गनुपर्ने अवस्था छैन ।

अपरेसनपछि पारसले सामान्य हिँडडुल र बोलचाल गरिरहेका छन् । उनले आफूलाई आराम महसुस भएको बताएका छन् ।

डा. रावतका अनुसार सिआइडी जडानपछि पारसलाई मुटुको जोखिम कम भएको छ । उनले नियमित औषधी सेवन गरेर खानपिनमा परहेज गरेको खण्डमा सुरक्षित रहन सक्ने रावतले बताए ।

Himani Shaha (1)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment