+
+
Shares

इच्छाराज तामाङसहित ३२ व्यवसायीलाई कर तिर्न १५ दिनको अल्टिमेटम

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ११ गते १०:५३

११ चैत, काठमाडौं । मध्यस्तरीय कर कार्यालयले १५ दिनभित्र कर तिर्न विभिन्न ३२ व्यवसायीलाई आग्रह गरेको छ । सोमबार सूचना प्रकाशित गरी कार्यालयले आयकर एवं मूल्य अभिवृद्धि कर नतिरेको र विभिन्न माध्यमबाट सम्पर्क गर्दासमेत सम्पर्कमा नआएको भन्दै ३२ व्यवसायीलाई १५ दिनभित्र बक्यौता चुक्ता गर्न भनेको हो ।

यस अघि तिरिसकेको कुनै प्रमाण भए प्रमाणसहित नभए बक्यौता तिर्न १५ दिनको समयसीमा दिइएको कार्यालयका प्रमुख झक्कप्रसाद आचार्यले बताए । १५ दिनको समयसीमाभित्र बक्यौता नतिरे आयकर ऐन, २०५८ को दफा १०४ देखि दफा ११ सम्मको कुनै पनि प्रक्रिया वा मू.अ.क. ऐन, २०५२ को दफा २१ बमोजिम कारबाही हुने कार्यालयले जनाएको छ ।

कर नतिर्नेमा इच्छाराज तामाङ, विवादित व्यवसायी सुधीर बस्नेतसमेत रहेका छन् । बस्नेतका दुई वटा कम्पनीको कर बक्यौता तिर्न बाँकी रहेको छ ।

हेर्नुस कर बक्यौता तिर्न बाँकी रहेकाहरुको सूची :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?