Comments Add Comment

प्रचण्डपछि देउवा र खनाल दिल्ली यात्रामा

१३ साउन, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्ड भारत भ्रमणबाट फर्केको एक सातापछि नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवा बुधबार भारत जाँदैछन् । बुधबार नै एमाले वरिष्ठ नेता झलनाथ खनाल अकस्मात भारत प्रस्थान गरेका छन् ।

JN-Khanal-Sher-Bd-Deuba

नेता देउवा अपरान्ह चार बजे नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ । भारत बसाइको क्रममा उनले राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुषमा स्वराज लगायतसँग भेटवार्ता गर्नेछन् । भेटवार्तामा समसामयीक राजनीतिक परिस्थितिबारे छलफल हुने बताइएको छ ।

झलनाथ अकस्मात दिल्ली प्रस्थान
देउवाको भ्रमण राजनीतिक भए पनि पूर्वप्रधानमन्त्री तथा एमाले बरिष्ठ नेता खनालको भ्रमण भने स्वास्थ्य उपचारको लागि भएको बताइएको छ ।

उनी नियमित स्वास्थ्य जाँचका लागि दिल्ली गएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

गत असोजमा अमेरिकाको मेरिल्यान्डमा उपचार गरेर आएका खनाल फलोअपका लागि दिल्ली गएका हुन् । उनले मेदान्त अस्पतालमा स्वास्थ्य जाँच गर्नेछन् ।

बुधबार बिहान नेपाल एयरलाइन्सबाट दिल्ली प्रस्थान गरेका उनी बिहीबार स्वास्थ्य परिक्षण गरी शुक्रबार नेपाल फर्कने कार्यक्रम रहेको भट्टराईले बताए ।

खनालमा पिसाव सम्बन्धि समस्या छ । ‘फलोअप लागि अमेरिका नै जानुपर्ने भएपनि अहिले संविधान निर्माणका विषयमा छलफल जारी रहेको र अमेरिका पुगेर आउन लामो समय लाग्ने भएकाले उहाँ दिल्ली जानु भएको हो,’ स्वकीय सचिव भट्टराईले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment