Comments Add Comment

गाउँमा महिला प्रहरी राख्न ताप्लेजुङबासीको माग

रविन भट्टराई
१४ साउन, ताप्लेजुङ । गाउँ गाउँमा रहेका प्रहरी पोष्टमा महिला प्रहरी नहुदा महिला सँग जोडिएका घटनाको सम्वन्धमा खुलेर बहस हुन नसकेको स्थानीयवासीले गुनासो गरेका छन् ।  जिल्ला प्रहरी कार्यलय ताप्लेजुङले बुधबार जिल्लाको थेचम्वु गाविसमा आयोजना गरेको नियमित नागरिक सुनुवाई कार्यक्रममा सहभागि स्थानीयवासीले यस्तो भनाई राखेका हुन् ।
Police_programme-1
महिलासँग जोडिएका कतिपय घटनाहरुमा आफ्ना भनाई राख्न सहज नहुने र खुलेर वहस नहुने भएकाले न्यायोचित निस्कर्ष नआउने गरेको स्थानीयलको गुनासो छ ।

त्यस्तै उनिहरुले थेचम्वु गाविसमा रहेको प्रहरी चोकीमा महिला प्रहरीको आवस्यकता भएको भन्दै महिला प्रहरी राख्न प्रहरी नायव उपरिक्षक शान्तिराज कोईराला समक्ष अनुरोध गरेका छन् ।

थेचम्वुमा मात्रै नभई सवै गाउँहरुमा यस्तै समस्या हुने भन्दै महिला प्रहरी राख्न आग्रह गरेका थिए ।

यता पछिल्लो समय नाङ्खोल्याङ गाविसको माथिल्लो क्षेत्रमा असुरक्षा वढेको भन्दै त्यस क्षेत्रमा पनि प्रहरी पोष्ट राख्न नाङ्खोल्याङवासीले आग्रह गरेका छन् । यसैबीच नागरिक सुनुवाई कार्यक्रममा आफ्ना समस्याहरु खुलेर राख्न पाईनेे र उजुरी गर्ने प्रकियाका सम्वन्धका बारेमा थाहा हुने भएकाले न्यायमा पहुँच वढ्दै गएको पनि स्थानीयले बताए ।

यसैबीच गत वैसाख देखि असार मसान्त सम्ममा यस जिल्लामा अपराध अनुसन्धान तर्फ ४३ वटा घटना प्रहरीमा दर्ता भएको र मापसे गरि होहल्ला मच्चाउने एक महिलासहित २० जना कारवाहीमा परेको डिएसपी शान्तिराज कोईरालाले बताए । यस्तै स्थानीयको मागलाई सम्वोधन गर्न पहल गर्ने कोइरालाले प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा गत चैत्र ९ गते ताप्लेजुुङ सदरमुकाम फुङ्लीङमा भएको आगलागि र गत जेठ २७ गते जिल्लाका विभिन्न गाविसमा गएको वाडी पहिरोको क्षतिको विवरण पनि प्रस्तुत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment