+
+
Shares

बारामा पानीको समस्या:खेत बाँझै, धारा पनि सुके

१४ साउन, बारा । अत्यधिक बर्षाका कारण पश्चिम नेपालमा जनधनको ठूलो क्षति भइरहेकाबेला तराई मधेसका जिल्लाबासी भने बर्षा नभएर समस्यामा परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन १४ गते १८:०७

सुभाषप्रसाद साह
१४ साउन, बारा । अत्यधिक बर्षाका कारण पश्चिम नेपालमा जनधनको ठूलो क्षति भइरहेकाबेला तराई मधेसका जिल्लाबासी भने बर्षा नभएर समस्यामा परेका छन् ।

water-problem-at-Bara

पानी नपरेकाले धान रोप्न नपाएर खेत बाँझै छन् भने पीउने पानीका धारा पनि सुकेका छन् ।

‘घरको चापाकलमा समेत पानी आउन छोडेको हप्तादिन बित्न लाग्यो । खेत पनि बाँझै छ,’ बाराको पुरैनियाका एमामुल अन्सारीले भने, ‘पहिला-पहिला यतिबेला अत्यधिक बर्षा हुन्थ्यो, पानी नै पानीले समस्या हुन्थ्यो तर अहिले पानी नपरेर समस्या भइरहेको छ ।’

सरकारको अास

यो समस्या पुरैनियाका अन्सारीको मात्र नभइ जिल्लाको दक्षिणी क्षेत्रमा बसोबास गर्ने अधिकांशको हो ।

‘अत्याधिक गर्मीले पटक-पटक तिर्खा लाग्छ, तर के गर्नु चापाकलमा पानी नै आउँदैन,’ पुरैनियाकी सुनैना खातुनले भनिन्, ‘कमसेकम हाम्रो लागि सरकारले शुद्ध खानेपानीको व्यवस्था गरिदिए हुन्थ्यो ।’

यस क्षेत्रमा आकाशे पानीको भरमा खेति हुँदै आएको छ । तर आधा साउन वितिसक्दा पनि पर्याप्त पानी नपरेपछि धान रोपाईं भएको छैन ।

स्थानीय सोनालाल साहले भने, ‘यतिबेलासम्म धान रोपाईंको काम सकिन्थ्यो तर पानी नपरेका कारण महंगो प्रविधिको प्रयोग गरेर गरिब किसानले रोपाईं गर्न सकिरहेका छैनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?